बाईडेनले स्वीकृत गरे ताइवानलाई हतियारको लागि पैसा दिने योजना, अमेरिका-चीनबीच टकरावको संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 10:17:22 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाले ताइवानलाई हतियार सहयोग गर्ने योजना पारित गरेको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले ताइवानलाई हतियार खरिदको लागि ८० मिलियन डलर रकम सहयोग गर्ने योजना स्वीकृत गएका हुन् । 

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले यस्तो सहयोग स्वाधीन देशहरुको लागि मात्र गर्ने छ ।  चीनले ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ । ताइवानलाई स्वतन्त्र राष्ट्रको मान्यता नदिनको लागि चीनले विश्व समुदायलाई दबाब दिइरहेको हुन्छ । उसले वान चाइना पोलिसी अर्थात् एक चीन नीतिमा जोडदिदै आएको छ । 

यस्तो अवस्थामा अमेरिकाले स्वाधीन देशहरुलाई गरिने सहयोग ताइवानलाई गर्ने निर्णय गरेपछि अमेरिका र चीनबीचको सम्बन्ध चिसिन सक्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । यसले टकराव ल्याउन सक्ने अनुमान समेत गरिएको छ ।

यस अघि अमेरिकाका सभामुखले ताइवान भ्रमण गर्दा समेत चीनले रिब्रा अशन्तुष्टी जनाउदै ३ दिनसम्म ताइवानलाई घेरेर  सैन्य अभ्यास गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved