भारतले आयोजना गर्ने जी २० सम्मेलनमा किन नजाने भए चीन र रुसका राष्ट्रपति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2023 | 03:43:21 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा हुने जी २० राष्ट्रहरुको सम्मेलनमा विश्वका २ शक्तिशाली देश चीन र रुसका राष्ट्रपति नआउने भएका छन् । रुसका राष्ट्रपति भाल्दमिर पुटिन र चीनका राष्ट्रपति सी जिन पिङ भारत नजाने भएका हुन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार सम्मेलनमा रुसका राष्ट्रपतिले आफ्ना परराष्ट्र मन्त्रीको नेतृत्वमा टोली पठाउने छन् । यस अघि साउथ अफ्रीकामा भएको ब्रिक्स सम्मेलनमा पनि पुटिन गएका थिएनन् । पुटिन विरुद्द अन्तराष्ट्रिय क्रिमिनल कोर्टले पक्राउ पुर्जी जारी गरेको छ । यसको अर्थ अन्तराष्ट्रिय क्रिमिनल कोर्टको सदस्य रहेका जुनसुकै देशमा गए पनि पुटिन पक्राउ पर्न सक्छन् । सोहि कारण उनी साउथ अफ्रीका नगएको चर्चा चलेको थियो । तर भारत भने अन्तराष्ट्रिय क्रिमिनल कोर्टको सदस्य छैन । तर सम्मेलनमा युरोप र अमेरिकाका ठुला देशका राष्ट्र प्रमुख आउने र आफ्नो धेरै आलोचना हुने भएकोले पुटिनले जी २० सम्मेलनमा पनि भाग नलिने तयारी गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी देशहरुले रुसको चर्को आलोचना गर्ने गरेका छन् । 

त्यस्तै चीनका राष्ट्रपति सी पनि जी २० को लागि भारत जाने छैनन् । उनले प्रिमियर लि क्वीङको नेतृत्वमा टोली पठाउन लागेका छन् । चीनका राष्ट्रपति सी ले कोभिडको समयको बाहेक अन्य सबै जी २० सम्मेलनमा आफै भौतिक रुपमा उपस्थिति जनाएका थिए । तर पछिल्लो समय चीनले भारतले आफ्नो मानेको अरुणालन्चल प्रदेशलाई चीनको भूभाग देखाएर नयाँ नक्सा जारी गरेको छ । यसले गर्दा भारत र चीनको समबन्ध चिसिएको छ । सोहि कारण सी ले आफु नगएर प्रिमियरलाई जान भनेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । 

सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाईडेन, युकेका प्रधानमन्त्री ऋषि सुनुक, साउदी अरेबियाका राजा मोहम्मद बिन सलमान लगायतका विश्वका शक्तिशाली देशका राष्ट्रप्रमुखहरु सहभागी हुने छन् । यो सम्मेलन सेप्टेम्बर ९ र १० मा हुदै छन् । हाल जी २० को अध्यक्ष भारत रहेकोले भारतले सम्मेलन आयोजना गर्न लागेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved