हतियारको गोप्य डिलपछि मात्र पाकिस्तानले आईएमएफबाट बेल आउट पाएको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2023 | 09:11:31 PM मा प्रकाशित

laxmi  sunrise bank

गत जुलाईमा अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफले ३ अर्ब डलर पैसा दिएर पाकिस्तानलिई बेल आउट गरेको थियो । टाटपल्टिन लागेको पाकिस्तानलाई यहि बेलआउटले बचाएको थियो । बेलआउट भनेको डुब्न लागेको कुनै देश वा कम्पनीलाई प्रदान गरिने आर्थिक सहयोग हो । यहि बेलआउटले पाकिस्तान टाटपल्टिनबाट जोगिएको थियो ।

तर हालै सर्वजनिक एउटा रिपोर्टले पाकिस्तानले अमेरिकालाई हतियार दिएपछि मात्र आईएमएफले पाकिस्तानलाई यो बेलआउट दिएको खुलासा गरेको छ। पाकिस्तानले अमेरिकालाई दिएको हतियारहरु अमेरिकाले रुससँगको युद्द लड्नको लागि युक्रेनलाई दिएको रिपोर्टमा दाबी गरिएको छ । यस संगै युक्रेन-रुस युद्दमा अप्रत्यक्ष रुपमा पाकिस्तान पनि समावेश भएको छ ।

अमेरिकाको द इन्टरसेप्ट नामक गैर नाफामुलक संस्थाले यस्तो खुलासा गरेको हो । रिपोर्टमा अमेरिकाले आईएफलाई प्रभावमा पारेर हतियारको आपूर्तिको लागि मनाएको र त्यसको बदलामा मात्र आईएमएफले पाकिस्तानलाई बेलआउट दिएको दाबी गरिएको छ । 

मे २३ तारिखमा अमेरिकाका लागि पाकिस्तानका राजदुत मसुद खान र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच वासिंगटनमा यसबारे छलफल भएको प्रतिवेदनमा उल्लेख छ ।  सोहि छलफलमा पाकिस्तानले हतियार दिएमा आईएफले पाकिस्तानलाई सहजै बेलआउटबारे कुरा भएको दाबी गरिएको छ । छलफलमा विदेशमन्त्री लु ले पाकिस्तानले हतियार दिएमा अमेरिकाले गोप्य रुपमा आईएमएफलाई बेलआउटको लागि भन्ने बताएका थिए ।  सो छलफल पछि पाकिस्तानको लागि अमेरिकी राजदुत डोनाल्ड ब्लुम र पाकिस्तानका अर्थमन्त्री इशाक दरबीच छलफल भएको बताईएको छ ।  पाकिस्तान र अमेरिकी सरकारको विभिनन कागजातले यस्तो डिल भएको पुष्टि बह्येको रिपोर्टमा उल्लेख गरिएको छ ।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved