चन्द्रमामा मानव सहितको यान पठाउने भारतको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 09:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने र एक अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको योजना रहेको बताएका छन् । भारतले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई अगाडि बढाइरहेको छ । 

 भारत आफ्नो पहिलो चालकसहितको अन्तरिक्ष मिसनका लागि शनिबार एउटा महत्वपूर्ण परीक्षण उडानका लागि तयार भएको बेला प्रधानमन्त्री मोदीको उक्त घोषणा आएको हो । उनले अन्तरिक्ष एजेन्सीका अधिकारीहरूसँग भारतीय अन्तरिक्ष पहलको सफलतालाई अगाडि बढाउनुपर्ने बताए । 

“सन् २०३५ सम्ममा ‘भारतीय अन्तरिक्ष स्टेसन’ र सन् २०४० सम्ममा चन्द्रमामा पहिलो भारतीय पठाउनेसहित मुलुकले अब नयाँ र महत्वाकांक्षी लक्ष्य बनाउनु पर्छ”, उनले भनेका छन् । 

प्रधानमन्त्री मोदीले चन्द्रमामा ‘मिसनहरूको शृङ्खला’ का लागि योजनाहरूको विकास गर्न अधिकारीहरूलाई आग्रह गरे । 

भारतले कम बजेटमा अन्तरिक्ष कार्यक्रम सञ्चालन गरेको छ । भारत गत अगस्टमा चन्द्रमाको अज्ञात दक्षिणी ध्रुवमा ठूलो स्तरमा आफ्नो यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । साथै उसले सूर्यको सबैभन्दा बाहिरी भागको निरीक्षण गर्नका लागि एउटा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved