कतारका 'राजा' पहिलोपटक नेपाल आउँदै, तय भयो समय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 21, 2023 | 11:20:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कतारका 'राजा' शेख तामिम बिन हमाद अल थानीले पहिलो पटक नेपाल भ्रमण गर्ने भएका छन्। कतारी अमिर शेख तामिम बिन हमाद अल थानीले यहि कात्तिकमा नेपाल भ्रमण गर्ने तय भएको जनाईएको छ। 

यहि कात्तिक २० र २१ गतेको लागि कतारी अमिरको नेपाल भ्रमण तय भएको कतारका लागि नेपाली राजदुत डा नरेशविक्रम ढकालले जनाएका छन्। उनकाअनुसार नेपाल भ्रमणको क्रममा कतारी अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। 

नेपाल भ्रमणको क्रममा राष्ट्रपतिसँगको भेटसँगै बिभिन्न महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर समेत हुनेछ। अहिले ति सम्झौताका ड्राफ्टहरु तयारीको क्रममा रहेको बताइएको छ।  कतारी अमिरको नेपाल भ्रमण खाडी मुलुकबाट पहिलोपटक राष्ट्र प्रमुखको उच्चस्तरीय भ्रमण हुनेछ। 

बैदेशिक रोजगारीको लागि महत्त्वपूर्ण गन्तब्य मध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा बैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने बिश्वास लीएको छ। कतारका अमिरको नेपाल भ्रमणले बैदेशिक रोजगारीको लागि कतार थप आकर्षक बन्ने अपेक्षा समेत गरिएको छ।  

कतारमा रहेका नेपालका कुटनीतिज्ञ तथा समाजका अग्रजहरु करिब वर्षदिन अगाडी देखि नै कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको लागि गृहकार्यमा जुटेका थिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved