कतारी 'राजा' को नेपाल भ्रमण स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 12:03:01 PM मा प्रकाशित

laxmi  sunrise bank

कतारी नरेश शेख तामिम बिन हमाद अल थानीको नेपाल भ्रमण स्थगित भएको छ।  नेपालको इतिहासमै कतारबाट हुन लागेको यस प्रकारको उच्च तहको भ्रमणको लागि कात्तिक २० देखि २१ गतेसम्मको समय समेत तय भएको थियो।

तर बदलिदो अन्तराष्ट्रिय परिस्थितिका कारण भ्रमण स्थगित गर्नुपरेको नेपाल स्थित कतारी राजदुतावासले जानकारी गराएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। इजरायल र प्यालेस्टाइनबीच युद्ध चर्किएपछि बढेको तनावका कारण नेपाल भ्रमण स्थगित गर्नुपरेको काठमाडौंस्थित कतारी दूतावासले आइतबार जानकारी गराएको बताईएको छ। 

परराष्ट्रले कतारी नरेश को नेपाल भ्रमणको सम्पूर्ण तयारी गरिसकेको थियो।  अब कतारी अमिरको नेपाल भ्रमणको मिति आपसी छलफलको आधारमा पछि तय गरिने स्रोतले बताएको छ। कतार नरेशबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तराष्ट्रिय सम्बन्धमा उच्च प्रगतिको रुपमा समेत व्याख्या गरेका थिए। 

नेपाल भ्रमणको क्रममा कतार नरेशले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य राजनीतिक दलका नेता तथा उच्च पदस्थसँग भेटवार्ता तथा केहि महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षरको कार्यक्रम समेत तय भएको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved