श्रीलङ्कामा लघुवित्तलाई नियमन गर्न नयाँ कानून प्रस्ताव, केन्द्रीय बैंकबाट अलग राखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 09:35:37 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रीलङ्काका लघुवित्त संस्थालाई नियमन गर्न नयाँ कानूनको प्रस्ताव गरिएको छ । न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सोमबार सार्वजनिक गरेका हुन् ।

उनले ठूलो सङ्ख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताए । राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकबाट अलग्गै एक समर्पित नियामक निकायको स्थापना गर्न आवश्यक रहेको बताए ।

उनका अनुसार यी निकायलाई नियमन गर्न चाँडै नै बिस्तृत कानून ल्याइनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved