दुई खर्ब अमेरिकी डलरको अर्थतन्त्र भएको भारतले कर प्रणालीमा ठुलो सुधार गरेको छ। गत राति अर्थात जुलाई १ देखि लागु भएको वस्तु तथा सेवा कर(जिएसटी) कार्यान्वयनमा ल्याएसंगै भारत स्वतन्त्रतापछिकै ठुलो सुधारको रुपमा ब्याख्या गरिएको छ।
जुन ३० मध्यरातको १२ बजे संसदमा आयोजित बिशेष कार्यक्रम मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जिएसटी लागु भएको घोषणा गरे। कार्यक्रममा बोल्दै मोदीले जिएसटीले भारतको आर्थिक एकीकरण गरेको बताएका छन। जिएसटी लागु भएसंगै १ अर्ब ३० करोड भारतीय नागरिक पहिलो पटक बस्तु तथा सेवाका लागि एक बजारमा केन्द्रित भएका छन। जसलाई 'एक राष्ट्र एक कर प्रणाली ' को संज्ञा दिइएको छ।
कार्यक्रममा भारतीय राष्ट्रपति प्रणव मुखर्जी,वित्तमन्त्री अरुण जेट्ली लगायतका उच्च नेताहरु सहभागि थिए । बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जीएसटि लागु भए पश्चात कालो धन नियन्त्रण गर्न सहज हुने बताएका छन। 'इमान्दार तरिकाले व्यवसाय गर्नेलाई असर पर्ने छैन।’ उनले भने।
गत राति देखि जीएसटि लागु भएसंगै प्रधानमन्त्री नरेन्द्र मोदीको कदमलाई अन्तर्राष्ट्रिय समुदायले खुलेर प्रशंसा गरेका छन्। अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)का प्रमुख क्रिष्टिना लेगार्डले भारतको अर्थतन्त्रमा जिएसटी ठूलो सुधार भएको प्रतिक्रिया दिएकी छिन। यद्दपी प्रतिपक्षमा रहेका अधिकांश दलका नेताहरुले हतारमा जीएसटि लागु गरिएको भन्दै जीएसटि लागु गर्न आयोजना गरिएको बिशेष कार्यक्रम बहिष्कार गरे।
१ अर्ब ३० करोड नागरिक रहेको भारतका २९ राज्यमा फरक करलाई धेरै मात्रामा हटाएको छ। जीएसटि लागु भए पश्चात विभिन्न वस्तु तथा सेवामा ५,१२,१८ र २८ प्रतिशत कर तोकिएको छ । सागसब्जी, फलफुल, दाल,गहुँ, चामलमा पहिलेजस्तै कर लगाइएको छैन। हाइब्रिड बाहेकका अटोमोबाइल्स सस्तो हुने अपेक्षा गरिएको छ। सबै भन्दा बढी सुर्तीजन्य बस्तुमा २८ प्रतिशत सम्म कर लगाइएको छ।
जीएसटि काउन्सिलले १२ सय भन्दा बढी बस्तु तथा सेवाका लागि कर दर निर्धारण गरेको छ। जसमा अलग अलग कर दर (५ देखि २८ प्रतिशतसम्म ) निर्धारण गरिएको छ। जसमा ८१ प्रतिशत भन्दा बढी बस्तु १८ प्रतिशत कर दर भन्दा तल आउने बताइएको छ। जीएसटि लागु भएसंगै भारतमा भान्सा अब १२ प्रतिशत सस्तो हुने अपेक्षा गरिएको छ।
कर नलगाइएका बस्तुहरु (शुन्य कर)
दुध
खुला खाद्य पदार्थ
ताजा फलफुल तथा तरकारी
नुन
गुड
अण्डा
खुला पनिर
चामल, पापड, रोटि
जनावरको आहार
कन्डम
गर्भनिरोधक औषधि
पुस्तकहरु
दाउरा (जलाउन प्रयोग हुने)
महँगो नहुने चुरा
कुचो
५ प्रतिशत कर लाग्ने बस्तुहरु
चिया, कफी
खाने तेल
ब्रान्डेड अन्न
सोयाबिनको बिउ
ब्रान्डेड पनिर
कोयला (चार सय भारु प्रति टन लेबी सहित)
घरायसी प्रयोगका लागि एलपीजी
काजु किश्मिस
५ सय भारु सम्मको जुत्ता
१००० भारुसम्मको कपडा
ओराल रिहाइड्रेशन नुन
कृतिम किड्नी
हाते पम्प
फलाम, स्टिल, फलाम मिश्रित बस्तु
अगरबत्ति
१२ प्रतिशतसम्म कर लाग्ने बस्तुहरु
ड्राई फुड्स
घिउ, मखन
नमकिन
माछा, मासु
दुधबाट बनेका पेय पदार्थ
फ्रोजन मासु
मुमबत्ति
अगरबत्ती
टुथपेष्ट
चस्माको लेंश
बच्चाको ड्रइंग बुक
साइकल
ट्याक्टर
एलइडी बल्ब
एलपीजी स्टोभ
खेलकुदका सामान
मोबाइल फोन
१८ प्रतिशत कर लाग्ने बस्तुहरु
रिफाइन्ड चिनी
कपालमा लगाउने तेल
साबुन
हेल्मेट
नोटबुक
सस, सुप, आइसक्रिम
मिनिरल वाटर
पेट्रोलियम जेली, पेट्रोलियम कोक
ट्वाइलेट पेपर
प्रिन्टर
कम्प्युटर
२८ प्रतिशत कर लाग्ने बस्तुहरु
मोटर कार
मोटरसाइकल
चकलेट, कोकाकोला, बटर,
पान मसाला
फ्रिज
परफ्युम
मेकअपको सामान
वालपट्टि
भित्ता तथा वालमा लगाउने पेन्ट
टुथपेस्ट
सेभिङ क्रिम
अफ्टर सेभ क्रिम
लिक्विड सोप
प्लास्टिक प्रोडक्ट
रबर टायर
छालाको ब्याग
मार्बल, ग्रेनाइट, प्लास्टर
रेजर
डीश वासिंग मेशिन
पियानो
रिभल्बर