अमेरिकी सिनेट पनि रुसमाथि नाकाबन्दीको पक्षमा, के गर्लान राष्ट्रपति ट्रंपले ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 01:01:41 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्तावलाई राष्ट्रपति डोनल्ड ट्रम्पको असहमति हुँदाहुँदै भारीमतले पारित गरेको छ। रिपब्लिकन र ड्मोक्रेट दुवै पक्षको समर्थन रहेको प्रस्तावको पक्षमा ९८ मत परेको थियो भने विपक्षमा २ मात्र परेको थियो। यो हप्ताको शुरुमा तल्लो सदनले पनि भारी मतले उक्त विधेयक पारित गरेको थियो। अब उक्त विधेयक ह्वाइट हाउस जानेछ जहाँ राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेपछि त्यो कानून बन्नेछ।

रुससँगको सम्बन्ध सुधारको पक्षमा रहेका राष्ट्रपतिसँग उक्त विधेयकको विपक्षमा भिटो अर्थात विशेषाधिकार लगाउन सक्ने अधिकार छ।

तर उनले भिटो लगाए भने अमेरिकी संसदले दुई तिहाई मतबाट भिटोलाई उल्ट्याइदिन सक्छ। रुसले युक्रेनबाट क्राइमियालाई आफ्नो पोल्टामा राखेपछिको सन्दर्भमा यी प्रतिबन्धको प्रस्ताव आएको हो।

र सँगसँगै सन २०१६ को राष्ट्रपतीय चुनावमा रुसले प्रभाव पार्ने प्रयत्न गरेको भन्ने सन्दर्भमा पनि नयाँ प्रतिबन्धको प्रस्ताव गरिएको हो। ट्रम्पले उनको चुनाव अभियानमा रुसी संलग्नता बारम्बार अस्वीकार गर्दै आएका छन्।

तर राजनीतिक संवाददाताहरु भन्छन् राष्ट्रपतिले भिटो लगाएभने उनी क्रेमलिनको समर्थक भन्ने आशंका गर्नेहरुलाई बल मिल्नेछ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved