आक्रामक बन्दै नरम देखिएको कतार, गल्फ राष्ट्रहरुका बिरुद्ध डब्ल्युटिओमा उजुरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 01, 2017 | 04:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई महिनादेखि नाकाबन्दी खेप्दै आएको कतारले गल्फ राष्ट्रहरुका तीन राष्ट्र बिरुद्ध विश्व ब्यापार सङ्गठन, डब्ल्युटिओ मा उजुरी गरेको छ। आफ्नो ब्यापार व्यवसायमाथी हस्तक्षेप गरेको र आफ्ना उत्पादनलाई देश बाहिरका बजारसंगको पहुँचबाट बन्चित गरेको भन्दै कतारले नाकाबन्दी लगाएका राष्ट्रहरु बिरुद्द डब्ल्युटिओ मा उजुरी दिएको हो। 

आफ्ना उत्पादनलाई अबैध रुपमा कब्जा गरिएको र अन्तर्राष्ट्रिय ब्यापारमा पनि बाधा पुर्याइएकाले कतारले डब्ल्युटिओ मा उजुरी दिएको अलजजिराले जनाएको छ। अलजजिराका अनुसार कतारले डब्ल्युटिओ मा दिएको उजुरीमा नाकाबन्दी लगाएका ४ गल्फ राष्ट्र मध्य इजिप्ट समावेश छैन।    

कतार बिरुद्दको नाकाबन्दी पश्चात देखिएको ब्यापार विवादलाई सम्बोधन गर्न आफुहरुले पर्याप्त समय दिएको कतारको भनाई छ। आफुले दिएको ६० दिनको अवधिसम्म पनि त्यस उपर सन्तोषजनक जवाफ नआएपछी बाध्य भएर डब्ल्युटिओ मा उजुरी दिइएको डब्ल्युटिओ कतारका निर्देशक अलि अलवलिद अल थानीले रोयटरलाई बताएको अलजजिराले जनाएको छ। 

डब्ल्युटिओको प्राबधान बिपरित व्यापार माथि प्रतिबन्ध भएको बारे कानुनि जवाफ माग्न कतारले उनीहरुलाई (साउदी अरब, युनाइटेड अरब इमिरेट्स र बहराइन)  पर्याप्त समय दिएको (६० दिन) दिंदा पनि सन्तोषजनक जवाफ पाउन नआएको डब्ल्युटिओ कतारका निर्देशक अलि अलवलिद अल थानीले बताएका छन।

त्यस्तै कतारको अर्थ तथा बाणिज्य मन्त्रालयले भनेको छ ‘हामीमाथि आर्थिक रुपमा पनि अन्याय भएको छ, हाम्रा उत्पादनहरुलाई बाहिरी बजारसँगको पहूँचहुनबाट बन्चित गरिएको छ र हाम्रो बजार नै कब्जा गरिएको छ, त्यसैले हामी विश्व ब्यापार सङ्गठनसँग यो विषयमा उजुरी गरेका छौँ।’साउदी अरब नेतृत्वको उक्त चार देशीय गठबन्धनले कतारमाथि विभिन्न शर्त राखेर जारी राखेको विरोधका कारण कतारलाई ठूलो आर्थिक क्षति पुगेको दाबी उजुरीमा उल्लेख छ।     

साउदी अरबको नेतृत्त्वमा छिमेकी राष्ट्रहरुले गत जुन ५ देखि नाकाबन्दी लगाई कतारको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा जानबाट रोक लगाएका छन। साउदीले अतिबाद मानेका समूहलाई कतारले आर्थिक सहयोग गरेको लगायतका आरोप लगाउदै सुरुका दिनमा कतारसंग अकस्मात कूटनीतिक सम्बन्ध तोडेका यी छिमेकी राष्ट्रले दुई महिनादेखि कतारमाथी नाकाबन्दी लगाएका छन। कतारको कतार एयरवेजलाई समेत गल्फमा उडान भर्न रोक लगाइएको छ। 

उनीहरुले कतारसँगको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन विभिन्न शर्त पनि राखेका थिए। उनीहरुले कतारको टेलिभिजन अल–जाजिरा बन्द गर्नुपर्ने र इरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने लगायतका १३ वटा शर्त राखेका हुन। यद्दपी कतारले आफुबिरुद्द लगाइएका सबै आरोप झुटा र मिथ्या भएको बताउदै आएको छ। आफु बिरुद्द लगाइएको आरोप प्रायोजित भएको भन्दै कतारले कुनै पनि शर्त मान्नबाट अस्विकार गर्दै आएको छ। 

छिमेकी राष्ट्र र कतारबीचको  तनाव समाधानका लागि बहराइनमा आइतबार अरब राष्ट्रका विदेशमन्त्रीहरुको बैठक निष्कर्षबिहिन बनेको छ। गल्फ राष्ट्रहरुबीचको तनाब समाधानका लागि कुवेतले मध्यस्थता गरिरहेको छ। त्यस्तै टर्कीले पनि समाधानको पहल गरिरहेको बताएको छ।तर यी राष्ट्रहरुको कदम प्रभावकारी हुन सकिरहेको छैन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved