केन्यामा प्लास्टिकको झोला प्रतिबन्धित, प्रयोग गरे ३८ हजार डलर जरिवाना वा चार वर्ष कैद

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 28, 2017 | 11:15:54 AM मा प्रकाशित

laxmi  sunrise bank केन्यामा सोमबारबाट लागु हुने नयाँ कानून अनुसार प्लास्टिकको झोलाको उत्पादन, बिक्री वा प्रयोग गर्नेलाई ३८ हजार डलर जरिवाना वा चार वर्ष सम्मको कैद सजाय दिने भनिएको छ। केन्याकी वातावरण मन्त्रीको भनाइमा नयाँ नियमले वातारण संरक्षणमा सहयोग पुग्नेछ।

तर प्लास्टिक उत्पादक तथा व्यवसायीहरुले प्लास्टिक प्रतिबन्ध लगाउँने कदमले दशौं हजार व्यक्ति बेरोजगार हुने चिन्ता व्यक्त गरेका छन्। आफ्नो बचाउ गर्दै उनीहरुले दायर गरेको एक निवेदनलाई गत शुक्रबार उच्च अदालतले अस्वीकार गरिदिएको थियो।

अफ्रिकाको रुवाण्डा र इरिट्रियामा पनि प्लास्टिक प्रतिबन्धित छ। गत दशकमा केन्यामा प्लास्टिक प्रतिबन्धित बनाइएको यो तेस्रो पटक हो। नाइरोबीस्थित बीबीसीकी एन सोइ भन्छिन् थुप्रै केन्यालीहरुले सरकारको कदमलाई समर्थन गर्न सक्छन्। तर उपभोक्ताहरु प्लास्टिकको झोलाको विकल्प नहुँदा अप्ठ्यारोमा पर्न सक्छन्।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved