५० औँ जिल्लाका रुपमा धादिङमा स्वास्थ्य बीमा कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 10:45:53 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वास्थ्य बीमा बोर्डले माघ ७ गतेदेखि धादिङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्ने भएको छ । बोर्डले ५० औँ जिल्लाका रुपमा धादिङमा कार्यक्रम शुरु गर्न लागेको हो । सबै नेपालीलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने लक्ष्यका साथ सरकारद्धारा  २०७२ साल चैत २५ गतेदेखि शुरु भएको उक्त कार्यक्रममा हालसम्म ४९ जिल्ला समेटिएका छन् ।

१० जिल्लामा विस्तार गर्ने तयारी 

स्वास्थ्य बीमा कार्यक्रमलाई सबै जिल्लामा पुर्याउने उद्देश्यका साथ बोर्डले १० जिल्लामा कार्यक्रम विस्तारको काम तिव्र गतिमा अघि सारेको छ । कार्यक्रम सेवा विस्तारका लागि केही जिल्लाहरुमा पूर्व तयारी भईरहेको बोर्डले जनाएको छ । बोर्डले सेवा विस्तारका लागि पूर्व तयारी भईरहेका केही जिल्लाहरुमा सेवा प्रदायक संस्थाका स्वास्थ्यकर्मीहरुलाई एक दिने तालिम समेत दिईसकेको छ ।

स्थानिय निकायका मेयर, उपमेयर, वडाअध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुसँगको छलफल भईसकेको बोर्डले जनाएको छ । साथै, १० जिल्लाहरुमा दर्ता सहयोगी छनौटको प्रक्रिया समेत पूरा भईसकेको बोर्डले जनाएको छ । 

धनकुटा, तेह्रथुम, सप्तरी, पर्वत, गुल्मी, रुपन्देही, डोटी, डडेल्धुरा, दैलेख र नुवाकोटमा चाडै नै कार्यक्रम लागू गर्नका लागि पूर्व तयारी भईरहेको बोर्डका सूचना अधिकारी आचार्यले बताए । आचार्यका अनुसार धादिङमा कार्यक्रम शुरु गर्नको लागि तयारी पुरा भईसकेको छ।

कार्यक्रम विस्तार गर्न बाँकी सबै जिल्लाहरुमा क्रमश विस्तार गर्दै लैजाने बोर्डले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved