देशकै दुई ठुला कम्पनीमा सुशासनको खडेरी, अध्यक्षकै आडमा कानुनी शासनको धज्जी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2020 | 08:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नियामक बीमा समितिको फितलो नियमनका कारण बीमा कम्पनीहरुमा संस्थागत सुशासनको खडेरी लागेको छ। चार बर्ष अगाडी अन्तिम पटक भनेर नियुक्ति दिईएको विषयलाई नजर अन्दाज गरेर शिखर इन्स्योरेन्सले सीईओमा दिप प्रकाश पाण्डेलाई निरन्तरता दिनुले संस्थागत सुशासन कस्तो छ भन्ने कुरा उदाङ्गो भएको छ। 

२०७३ सालमा सिईओ नियुक्त गर्दा ‘अन्तिम कार्यकालका लागि’ भन्ने स्पष्ट हुँदाहुँदै पनि पुन पाण्डेलाई नै अर्को कार्यकालको लागि नियुक्ति गर्ने निर्णय गरेर शिखर इन्स्योरेन्सले बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ को धज्जी उडाउने काम गरेको छ। 

४ बर्ष कर्मचारी र १२ बर्ष सीईओका रुपमा एकै सँस्थामा रहेका ब्यक्तीलाई नै नियम, कानुनको धज्जी उडाएर अर्को ४ बर्षको लागि नियुक्ति गरिनु शिखर इन्स्योरेन्सको सञ्चालक समितिको हेपाहा प्रवृति हो। 

चार वर्षअघि बीमा समितिले स्वीकृत गरेको नियुक्ती पत्रमा अन्तिम एक कार्यकालको लागि भनेर लेखेको थाहा हुँदाहुँदै पनि पाण्डेलाई नै अर्को एक कार्यकालको लागि सीईओ मा नियुक्ति गर्नुले बीमा समिति तथा कानुनी व्यवस्थाप्रति शिखर इन्स्योरेन्सको संचालक समिति उत्तरदायी नबनेको देखिन्छ। 

 २०७३ सालमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको ठाडो आदेशमा पाण्डेलाई अन्तिम पटक भनेर सीईओका लागि नियुक्ति दिइएको थियो। तर त्यो बेला पनि बीमा समितिका अध्यक्ष चापागाईले संस्थागत सुशासन सम्बन्धी निर्देशिकालाई लत्याएको देखिन्छ। 

निर्देशिकाको दफा २८ को उपदफा ६ र ७ मा स्पष्ट रुपमा एक कार्यकाल बढीमा चार बर्ष हुने र एक व्यक्ति एक सँस्थामा बढीमा दुई कार्यकाल काम गर्न पाउने व्यवस्था छ। निर्देशिकामै स्पष्ट भएको व्यवस्थालाई आफुअनुकुल व्याख्या गरेर त्यो बेला नियुक्ति दिइएको दृष्टान्तलाई आधार मानेर अहिले पनि पुरानै व्यवहार लागू हुने अपेक्षामा शिखरको संचालक समितिले पाण्डेलाई सीईओमा सिफारिस गरेको देखिन्छ। 

त्यसो त निर्देशिकाको दफा २८ को उपदफा ६ र ७ मा भएको व्यवस्थाअनुसार नै एसियन लाइफबाट राजेश श्रेष्ठले सीईओ पदबाट राजिनामा दिएका छन्। त्यस्तै देखावटी रुपमा भएपनि  यहि कानुनी व्यवस्थाका कारण नेपाल लाइफका सीईओ विवेक झाले पनि राजिनामा दिएका छन्। 

कार्यकाल सकिन डेढ दुई महिना बाँकी रहेको बेला मौकामा चौका हान्ने दाऊमा रहेका बीमा समितिका अध्यक्ष चापागाईको आश्वासन पाएर सीईओबाट राजिनामा दिएपनि झाले सीईओकै रुपमा काम गरिरहेको आरोप छ। 

संचालक समितिले उच्च व्यवस्थापनका कर्मचारीहरुलाई भेला गरेर कानुनी रुपमा कायम मुकायम सीईओ सन्तोष प्रशाई भएपनि झा को कुरा सुन्नलाई निर्देशन नै दिएको त्यहिकै एक असन्तुष्ट कर्मचारीले बिजपाटीलाई बताए। तर झा कहिलेकाहीं कार्यलय आउने गरेपनि सीईओ को रुपमा कुनै काम नगरेको नेपाल लाइफले स्पष्ट पारेको छ।

आफुलाई बीमा प्राधिकरणको अध्यक्ष बन्न सघाउने सर्तमा जीवन तथा निर्जीवन बीमा तर्फका दुई ठुला कम्पनीका संचालक समितिको चाहना अनुसार नै पाण्डे र झा लाई सीईओमा निरन्तरता दिने योजनामा चापागाइ रहेको स्रोतको दाबि छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved