ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ प्रस्ताव पारित भएको छ । कम्पनीको आज बुधबार बसेको साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो।
त्यस्तै सभाले आर्थिक वर्ष ७५÷७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष ०७६÷७७ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले ७२ जिल्लामा ११७ वटा शाखा तथा उपशाखाहरु मार्फत जीवन बीमा ब्यवसाय गरि रहेको छ । कम्पनीले आर्थिक वर्ष ७५÷०७६ मा १० करोड ७८ लाख ७४ हजार वितरणयोग्य मुनाफा आर्जन गरेको छ। कम्पनीको प्रतिशेयर मुल्य १२०.७९ रहेको छ।