डिप्रोक्स लघुवित्त Deprosc Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ २६ गते आइतबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा सभा आह्व्ना गरेको हो ।
कम्पनीको साधारणसभामा लाभाश सहितका विभिन्न १३ प्रस्ताव पेश हुदै छन् । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरि कुल ४५ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ७७ करोड ३४ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ लाख पुग्ने छ ।
त्यस्तै कम्पनीले साधारणसभामा अधिकृत पुँजीलाई बढाएर २ अर्ब पुर्याउने प्रस्ताव लैजाने भएको छ । त्यस्तै सभामा मर्जर तथा प्राप्तिको विषयमा आवश्यक पर्ने सम्पूर्ण निर्णय गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि पेश हुने छ ।
सभा प्रयोजनको लागि कम्पनीले माघ १३ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।