बंगलादेशले पैचो नदिएपछि जीटूजीमार्फत मल ल्याउने निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2020 | 11:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले जीटूजीमार्फत रसायनिक मल खरिद गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई स्वीकृति दिएको हो । 

यसअघि बंगलादेशका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बिच सापटीमा मल ल्याउन मौखिक सहमति भएको थियो । दुई देशका राष्ट्रप्रमुख बिचमा भएको सहमति अनुसार मन्त्रालयले मल खरिदको जिम्मा कृषि सामग्री कम्पनीलाई दिएको थियो । मन्त्रालयले दिएको जिम्मा अनुसार कम्पनीले खरिदको तयारी गर्दै गर्दा बंगलादेशबाट पौचोमा नभई खरिद गरेर ल्याउनुपर्ने प्रस्ताव आएपछि मन्त्रालयले मन्त्रिपरिषद्को बैंठकमा खरिदको प्रस्ताव पेश गरेको थियो । 

मन्त्रालयले पठाएको प्रस्ताव अनुसार मन्त्रिपरिषद्को बैठकले जीटूजीमार्फत रासायनिक मल खरिदको स्वीकृति दिएको कृषि मन्त्रालयका प्रवक्ता हरिवहादुर केसीले जानकारी दिए । ‘मन्त्रिपरिषद्को स्वीकृति संगै मन्त्रालयबाट मल खरिदको विषयमा बंगलादेशलाई प्रस्ताव पठाउँने तयारी भएको छ, उताबाट स्वीकृति भएपछि खरिद प्रक्रिया सुरु हुन्छ’, उनले भने । 

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय सगैँ समझदारी पत्र बंगलादेशलाई पठाएपछि उताबाट स्वीकृति सगैँ दररेट आउने उनले बताए । रासायनिक मल ढुवानीको सबै तयारी भैसकेकोले दुई देशबिचको समझदारी पत्रमा हस्ताक्षर भएलगतै मल ल्याउन सुरु हुने उनले बताए । उताबाट छिटै प्रस्ताव आएमा अबको २ साताभित्र पहिलो लटको मल नेपालमा आइपुग्ने अनुमान गरिएको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved