प्रभु बैंकको ४० प्रतिशत हकप्रद भर्ने म्याद थप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 25, 2018 | 07:36:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले हकप्रद भर्ने म्याद दश दिन थप गरेको छ। माघ ७ देखिदेखि फागुन १३ गतेसम्मका लागि हकप्रद बिक्रि खुला गरिएकोमा बैंकले म्याद दश दिन थप गरि फागुन २३ गतेसम्म हकप्रद भर्न मिल्ने बनाएको हो। 

बैंकले १० बराबर ४ कित्ता शेयर अर्थात ४० प्रतिशतका दरले २ अर्ब ३५ करोड रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार ६९८ कित्ता हकप्रद बिक्रिमा राखेको हो। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। 

हकप्रद प्रयोजनार्थ बैंकले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेकाले पुस २० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन। पुष २० सम्म कायम शेयरधनीले विक्री प्रबन्धक सनराइज क्यापिटल, प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।     

हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ८८ करोड रहेकोमा ४० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी ८ अर्ब २४ करोड पुग्ने छ। बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाख खुद नाफा कमाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved