सुर्योदय लघुवित्तको २८ हजार कित्ता शेयर लिलामीमा, यस्तो छ लघुवित्तले जारी गरेको सूचना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 09:23:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रदमा अवितरित शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। लघुवित्तले जेठ १३ देखि २० गतेसम्मका लागि २८ हजार ०८२ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्ने भएको हो।  

लघुवित्तले लिलाममा राखेको शेयरमा संस्थापक समुहको ८ हजार ४०० कित्ता र सर्वसाधारण समुहको १९ हजार ६८२ कित्ता रहेको छ।  संस्थापक शेयरधनिहरुले मात्र संस्थापक शेयरको लागि बोलपत्र पेश गर्न पाउनेछन।  

इच्छुक बोलकबोल दाताले बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नाचघर काठमाडौं र ग्लोबल आइएम बैंकका शाखा कार्यालयहरु बिरगंज, बनेपा, हेटौडा, पोखरा, बुटवल, बिराटनगर, नेपालगंज, सुर्खेत, धनगढी तथा सुर्योदय लघुवित्त वित्तीय संस्थाको स्याङ्गजा, पुतलीबजार स्थित केन्द्रिय कार्यालयमा जेठ २० गते बैंकिङ समय भित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।   

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ । सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम कुमारी बैंकमा रहेको ग्लोबल आइएमई  क्यापिटल मार्केट्सको खाता ००१००१०१४६००००४ मा जम्मा गर्नु पर्नेछ।

लघुवित्तले गत बर्ष फागुनमा २ लाख ८० हजार कित्ता हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर लिलाम मार्फत बिक्रिमा राखेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात लघुवित्तको चुक्ता पुंजी ४ करोडबाट ६ करोड ८० लाख पुग्नेछ। 

     



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved