मोहम्मद अज्मत अलि/बिजपाटी     Jun 28, 2018



ruslan dish home

भार्गव बिकास बैंकले हकप्रदमा अवितरित संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैकले असार १७ देखि असार २४ सम्मका लागि ६ लाख ६७ हजार ७०६ कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो।

बैंकले १०० बराबर ८० कित्ता अर्थात ८० प्रतिशतका दरले कात्तिक २४ गतेदेखि मङ्सिर २८ गतेसम्म हकप्रद बिक्रि गर्दा अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। बैंकले अवितरित संस्थापक शेयर लिलाम मार्फत बिक्रि खुला गर्दा संस्थापक शेयरधनीबाट यस अघि पर्याप्त आबेदन नपरेकाले पुन: लिलाम मार्फत बिक्रि गर्न लागेको हो। यस पटक नेपाल राष्ट्र बैंकको प्राबधान पुरा गर्ने जो कोहि व्यक्ति, संघ, संस्था तथा कम्पनिले समेत बोलपत्र पेश गर्न पाउनेछन।      

इच्छुक बोलकबोल दाताले बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नागपोखरी काठमाडौँ, भार्गव विकास बैंक प्रधान कार्यालय नेपालगंजर एनएमबि बैंकको बिराटनगर, बुटवल, बिरगंज, पोखरा, सुर्खेत र धनगढी शाखाहरुबाट पनि बोलपत्र पेश गर्न सक्नेछन। जेठ २७ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ। असार २४ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।                

इच्छुक बोलकबोल दाताले आफुले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य प्रष्टसंग लेखि सो बराबरको रकम कम्पनीले तोकेको बैंक खातामा जम्मा गर्नु पर्ने छ। यसरी बोलपत्र पेश गर्दा न्युनतम १००० कित्ताको लागि प्रति कित्ता १०० रुपैयाँ भन्दा कम नहुने गरी बोलपत्र पेश गर्नु पर्नेछ। सबै भन्दा धेरै मूल्य कबुल गर्नेलाई शेयर वितरण हुनेछ।

आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम एनएमबि क्यापिटलको एनएमबि बैंकमा रहेको NMBCL-RIGHT BBBL 2073-2074 नामको  खाता नम्बर ००१३०६०००५४०१००००२०२ र कुमारी बैकमा रहेको NMBCL-RIGHT BBL 2074/75 नामको ००१००१७४५१७००००१ खाता नम्बरमा जम्मा गर्नु पर्नेछ। ८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी २१ करोड १२ लाखबाट ४७ करोड ५२ लाख पुग्नेछ।  





Share your thoughts!









Close in 7