कर्णाली डेभलपमेन्ट बैंकको ७ लाख कित्ता शेयर लिलाममा, संस्थापक शेयरका लागि जो कोहिले आबेदन दिन पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jun 28, 2018 | 09:43:20 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्णाली डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित शेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले यहि असार १७ देखि असार २४ सम्मका लागि ७ लाख ८ हजार १५८ कित्ता शेयर लिलाम मार्फत बिक्रि गर्न लागेको हो। 

बैंकले लिलाम मार्फत बिक्रि गर्न लागेको शेयरमा ५ लाख २३ हजार ५७० कित्ता संस्थापक र १ लाख ८४ हजार ५८८ कित्ता साधारण शेयर छन। बैंकले गत माघ ११ देखि चैत १ सम्म २२५ प्रतिशतका दरले हकप्रद बिक्रि खुला गर्दा अवितरित शेयर यहि बैशाख ३१ देखि जेठ ७ गतेसम्म लिलाममा राखेको थियो। 

यस अघि लिलाममा राखिएको १७ लाख ६२ हजार १८८ कित्ता शेयरमा पुरा आबेदन नपरेकाले बैंकले पुन: दोस्रो पटक लिलाम मार्फत अवितरित शेयर बिक्रि गर्न लागेको हो। बैंकले यस पटक लिलाममा राखेको संस्थापक शेयरमा नेपाल राष्ट्र बैंकको प्राबधान पुरा गर्ने जो कोहि व्यक्ति, संघ, संस्था तथा कम्पनीले समेत बोलपत्र पेश गर्न पाउनेछन।

इच्छुक बोलकबोल दाताले शेयर निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालय  कमलादी, प्रभु बैंकको शाखा कार्यालय विराटनगर, विरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत, धनगढी र कर्णाली डेभलपमेण्टको नेपालगञ्ज, बाँके, दाङ तुल्सिपुर घोराही, लमही, कोहलपुर, र गुलरिया शाखा कार्यालय मार्फत बोलपत्र पेश गर्न सक्ने छन। असार २४ गते बैंकिङ समयभित्र आइपुग्ने गरि बोलपत्र पेश गर्नुपर्ने हुन्छ।                 

बोलपत्र पेश गर्दा साधारण शेयरका लागि न्युनतम १०० कित्ताको लागि र संस्थापक शेयरका लागि न्युनतम १००० कित्ता प्रति कित्ता १०० रुपैयाभन्दा कम नहुने गरी आवेदन दिनु पर्नेछ। आवेदन दिंदा बोलकबोलदाताले आफुले खरिद गर्न चाहेको शेयरको लागि आवश्यक रकम प्रभु क्यापिटलको प्रभु बैंकमा रहेको  खाता नम्बर १३५११६००६३१८१६०००००५ र कर्णाली डेभलपमेन्ट बैंकमा रहेको  खाता नम्बर ००१००७०००५५०८९०००००१ मा जम्मा गर्नु पर्नेछ। 

२२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १५ करोड १० लाखबाट ५० करोड २७ लाख पुग्नेछ (यसमा २०७२-७३ को ८ प्रतिशत बोनस सेयर समेत समावेश)।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved