सेन्ट्रल फाइनान्सले साढे ४ लाख कित्ता बढी शेयर लिलाम गर्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 08:32:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सेन्ट्रल फाइनान्सले असोज ४ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ । कम्पनीले ४ लाख ५६ हजार ३ सय ८ दशमलव ७२५ कित्ता संस्थापक शेयर लिलाम गर्न लागेको हो ।  फाइनान्सले शेयर लिलाम गर्न लागेको यो चौथो पटक हो  ।

कम्पनीको प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले असोज १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

 लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयहरु लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगञ्ज, वीराटनगरबाट शिलबन्दी बोलपत्र बुझाउन सकिनेछ । त्यसैगरि, इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ, धनगढी र सेन्ट्रल फाईनान्सको केन्द्रीय कार्यालय कुपण्डोलबाट पनि आवेदन बुझाउन सकिने छ ।

लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा न्युनतम एक सय कित्तादेखि दश कित्ताको गुणाङ्कमा अधिकतम कित्ताका लागि माग गर्न सकिने छ छ । 

कम्पनीले ५० प्रतिशत हकप्रद निष्काशन गर्दा यी शेयर बिक्रि नभएका हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved