आईएमई जनरल इन्स्योरेन्सको हकप्रद भर्नुभयो ? यस्तो छ कम्पनीको सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2019 | 08:46:51 AM मा प्रकाशित

laxmi  sunrise bank


आईएमई जनरल इन्स्योरेन्स  IME General Insurance Limited  ले  पुस १७ गतेदेखि हकप्रद निष्काशन गरिरहेको छ  । कम्पनीले १०:८ को अनुपातमा ८० प्रतिशत हकप्रद निष्काशन गररेको हो  । कम्पनीले  ४३ करोड २० लाख रुपैयाँ बराबरको ४३ लाख २० हजार कित्ता  हकप्रद सेयर विक्री खुला गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।  इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले पुस १७ गतेदेखि माघ २१ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने भने सम्पूर्ण सीआश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सक्ने  छन् । त्यस्तै ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल तथा उपत्यका भित्र इन्स्योरेन्सको शाखाहरु नक्साल, गंगबु, कलंकी, कोटेश्वर, जावलाखेल , न्युरोड सल्लाघरि, बौद्ध र टेकु शाखाबाट पनि आवेदन दिन सक्ने छन् । त्यस्तै उपत्यका बाहिर इन्स्योरेन्सको शाखाहरु बिराटनगर, बुटवल, बिरगंज, पोखरा, बनेपा, नारायणगढ, नेपालगंज, जनकपुर, दोलखा , सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, घोराही, हेटौडा, धनगढी, र बिर्तामोड शाखाबाट आवेदन डिक सकिने क्यापिटलले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ५४ करोड रहेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ९७ करोड २० लाख रुपैंया पुग्नेछ। 

यस्तो छ कम्पनीले जारी गरेको सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved