Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Apr 14, 2019 | 02:29:13 PM



shivam cement

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ  । कम्पनीले रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो  ।

यसमध्ये ४ प्रतिशत अर्थात् ४ लाख १० हजार ५ सय २६ कित्ता कमर्चारीको लागि र ५ प्रतिशत अर्थात् ५ लाख १३ हजार १ सय ५७ कित्ता शेयर सामुहिक लगानी कोषको लागि बाँडफांड गरिएको छ । बाँकि रहेको ९३ लाख ३९ हजार ४ सय ६७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपिओमा छिटोमा बैशाख १० गते र त्यस समयसम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा प्रति कित्ता एक सय रुपियाँको दरले न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । यसमा आयोजना प्रभावित बासिन्दाहरुले र यस अघि कम्पनीका शेयर खरिद गरिसकेकाले आवेदन दिन पाउने छैनन् । शेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ भने एनआईबिएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल सहायक बिक्रि प्रबन्धक रहेका छन्  ।

कम्पनीको आईपिओले ४ प्लसको रेटिग पाएको छ । यसले औसत भन्दा कम आधारहरु रहेको जनाउछ । रसुवामा १ सय ११ मेगावाटको आयोजना निर्माण गरिरहेको यस कम्पनीको प्रति मेगावाट लागत १५ करोड १२ लाख १२ हजार रहेको छ भने कम्पनीले ७६ साल फागुन ७ गतेदेखि बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

रसुवागढी आयोजना पनि जनताको जलविद्युत कार्यक्रममा समाबेश भएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7