लक्ष्मी लघुवित्तको १५ हजार ९ सय ३ कित्ता सेयर लिलाममा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2016 | 02:28:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ हजार ९ सय ३ कित्ता हकप्रद लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ। इच्छुक सर्वसाधारण लगानीकर्ताले पुस ६ देखि लिलामीको सेयरका लागि पुस १२ सम्म आबेदन दिन सक्ने बिक्रि प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ।

लघुवित्तले गत असोज १४ देखि कात्तिक २३ सम्म शतप्रतिशत हकप्रद बिक्रि खुला गर्दा सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्रि गर्न लागेको हो। लक्ष्मी लघुवित्तले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता हकप्रद बिक्रिमा राखेको थियो।

कम्पनीको लिलाम शेयर खरिदका लागी इच्छुक लगानीकर्ताले बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता र १० ले भाग जाने गरी अधिकतम १५ हजार ९ सय ३ कित्ता हकप्रदका लागी आवेदन दिन सक्ने बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ। इच्छुक लगानीकर्ताले नागपोखरी स्थित एनएमबि क्यापिटलको कार्यालयमा पुष १२ गते २ बजेर ३० मिनेट अगाडी सम्म आवेदन पेश गर्नु पर्ने छ।

लिलामीमा राखेको शेयरको बोलकबोल लघुवित्तको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलमा पुष १३ गते बुधबार बिहान १० बजे खोलिने छ। लघुवित्तको सेयर सोमबारको कारोबार अनुसार प्रति कित्ता एक हजार एक सय पचहत्तर रुपैयाँमा कारोबार भएको थियो। 

लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको कमाईबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। लक्ष्मी लघुवित्तको हकप्रद भर्ने तथा लिलाम बढाबढबाट सेयर प्राप्त गर्नेले उक्त २० प्रतिशत नगद लाभांश पाउने छन।    

लघुवित्तले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved