असोजको पहिलो सातामा च्याङ्ग्रा आइसक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2017 | 09:22:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल खाद्य संस्थानले दशैंलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरीद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरीद गर्न लागेको हो ।

संस्थानले गत तीन वर्षदेखि लगातार च्याङ्ग्रा खरीद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ गतेसम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्रवक्ता शङ्कर सापकोटाले बताए । च्याङ्ग्रा खरीदका लागि सो संस्थानले मुस्ताङको सदरमुकाम जोमसोममा खरीद केन्द्र स्थापना गरेको छ ।

उक्त संस्थानको पोखरास्थित अञ्चल कार्यालयका प्रमुख अम्बिकाप्रसाद घिमिरेको नेतृत्वमा भोलि असोज २६ गते कर्मचारी मुस्ताङतर्फ प्रस्थान गर्ने र २९ गते पुग्ने जनाइएको छ । संस्थानले किसान वा व्यवसायीसँग च्याङ्ग्रा खरीद गरी हिँडाएर म्याग्दीको सदरमुकाम बेनीसम्म ल्याउँछ । बेनीबाट उक्त च्याङ्ग्रा ट्रकमा राखी असोज ५ देखि ६ गतेभित्र राजधानी ल्याइसक्ने तयारी गरिएको छ ।

गत वर्ष संस्थानले एक हजार ४०० च्याङ्ग्रा र एक हजार ४०० खसी–बोका गरी कूल दुई हजार ८०० च्याङ्ग्रा तथा खसी–बोका खरीद गरेकामा यसपाला भने एक हजार च्याङ्ग्रा र एक हजार ५०० खसी–बोका खरीद गर्ने भएको छ । गत वर्ष  विक्री गर्न कठिन भएकाले यस वर्ष च्याङ्ग्रा खरीद कम गर्न लागिएको हो । संस्थानले यस वर्ष दाङको तुल्सीपुरबाट ५००, मकवानपुरबाट एक हजार खसी–बोका खरीद गर्ने भएको छ ।

संस्थानको प्राथमिक खरीद समितिले तोकिदिएको आधारमा च्याङ्ग्रा खरीद गरिन्छ । समितिको अध्यक्ष सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तीन सदस्य समिति गठन हुने व्यवस्था छ । समितिमा सोही जिल्लाको पशुसेवा कार्यालयका प्रमुख र स्थानीय खाद्य संस्थानका कर्मचारी एकजना हुन्छन् ।

गत वर्ष समितिले मुस्ताङमा जिउँदो प्रतिकेजि च्याङ्ग्राको मूल्य  ४८५ रुपैयाँ तोकेको थियो । तोकिएको मूल्यमा प्रतिकेजि  १६५ रुपैयाँ ढुवानी तथा नाफा जोडी प्रति केजी  ६५० रुपैयाँमा  विक्री गरेको थियो ।

खाद्य संस्थानले खसी–बोका विक्री गर्दा बजार मूल्य अस्वाभाविक बढेको देखिँदैन । दशैंमा  झण्डै राजधानीमा ५० हजारभन्दा बढी खसी–बोका विक्री हुने अनुमान छ । रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved