महत र ढकाल धरौटी बुझाएर रिहा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 08:31:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल जनही १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अनियमित रुपबाट कर मिनाह गरेको आरोप लागेका उनीहरुसंग विशेष अदालतले थुनछेक बहस गर्दै हिजो धरौटी माग गरेको थियो । 

धरौटीमा बुझाउन नसकेपछि उनीहरुलाई एक दिन कारागार बसाईपछि आज धरौटी बुझाएर रिहा भएका हुन् । महत र ढकाल अब नियमित पेशीका लागि अदालत उपस्थित हुने र दुवै पक्षको बहसपछि अन्तिम फैसला हुने विशेषका प्रवक्ता नगेन्द्र केशरी पोखरेलले जानकारी दिए। 

अख्तियार दुरुपयोग अनुसन्धानले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मासहित महत र ढकालविरुद्ध १० अर्ब २ करोड विगो माग दावी सहित विशेषमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो । 

सर्वोच्च अदालतको आदेशमा साधारण तारेखमा छुटेका शर्मा भने बिशेष अदालत उपस्थित नभएपछि कानुनी प्रक्रिया अगाडी बढ्न सकेको छैन ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved