२ अर्बको नागरिक बचतपत्रको बिक्री खुला, बढी आवेदन परे यस्तो छ बाँडफांडको तरिका

९ प्रतिशत ब्याज, इच्छुकले सुरु मै आवेदन दिनु उचित
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 16, 2018 | 01:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज सोमबारदेखि दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८०’ को विक्री खुला गरेको छ । इच्छुक नेपाली नागरिकले जेठ २ गतेदेखि जेठ २२ गतेसम्म बचतपत्र खरिद गर्न सक्ने छन् । 

राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा (ब्याजकर लाग्ने गरी) नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो । बचतपत्रमा न्युनतम १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।

यो ५ बर्षे बचतपत्र भएकोले २०८० साल जेठ २८ गते सावाँ फिर्ता हुनेछ। बचतपत्रमा अर्ध बार्षिक रुपमा भुक्तान हुने गरी बार्षिक ९ प्रतिशत ब्याज राष्ट्र बैंकले दिनेछ । साथै यो बचतपत्र धितो राखेर अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिने छ ।

नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, नाबालकको नाममा बचतपत्र खरिद गर्ने भएमा संरक्षकको नागरिकताको प्रमाणपत्र र नाबालकको जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने । लेखपढ गर्न नजान्ने व्यक्तिले आवेदन साथ उपरोक्त कागजातका अलावा आफ्नो २ प्रति पासपोर्ट साईजको फोटो समेत पेश गर्नुपर्ने छ ।

राष्ट्र बैंकबाट बजार निर्माताको इजाजत लिएका बैंकहरुबाट निशुल्क फारम लिएर त्यहि स्थानमा फारम बुझाएर बचतपत्र खरिद गर्न सकिने छ । खरिद आवेदन नेपाल राष्ट्र बैंकको वेवसाइट www.nrb.org.np बाट पनि डाउनलोड गरी आवेदन दिन सकिने व्यवस्था छ ।

२ अर्ब भन्दा बढीको माग भई आएमा 'प्रो रेटा बेसीस' को आधारमा बचत पत्र बाँडफांड हुने राष्ट्र बैंकको राष्ट्रऋण ब्यबस्थापन बिभागले जनाएको छ । यस आधारमा बाँडफांड हुँदा पहिले आवेदन दिनेलाई प्राथमिकतामा राखिन्छ । उदाहरणको लागि जेठ २१ गतेसम्ममा १ अर्ब ८० करोडको आवेदन परेमा ति सबैले बचत पत्र पाउने छन् । १ अर्ब ८० करोड बाँडफांड भएपछि अब बाँकि २० करोड बाँकि रहन्छ । यदि बाँकि २० करोडको लागि अन्तिम दिनमा ५० करोडको आवेदन परेमामा आवेदन दिनेले निश्चित प्रतिशत मात्र पाउने छन् । तर यसरी बाँडफांड गर्दा १० हजारको लागि आवेदन दिनेले बचतपत्र नपाउँन सक्छन । अर्थात अन्तिम दिनमा जति धेरैको आवेदन गर्यो बचतपत्र पाउने त्यति नै धेरै सम्भावना रहन्छ  । 

यस कारण बचतपत्र खरिद गर्न चाहनेले सुरुमा नै आवेदन दिनु उचित हुन्छ । यस बचतपत्रको किसिम स्टक वा प्रमिशरी नोट हो । आवेदन दिंदा  स्टक वा प्रमिशरी नोट मध्ये आफुले लिन चाहेको प्रमाणपत्रको किसिम आवेदन फारममा खुलाउनु पर्ने छ । नखुलाइएको अवस्थामा प्रमिशरी नोट प्रमाणपत्र उपलब्ध गराइने र लेखपढ गर्न नजान्ने व्यक्तिलाई स्टक प्रमाणपत्र उपलब्ध गराइने बैंकले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved