निमगका ४ विमान ग्राउन्डेड, महाप्रबन्धक कंसाकार भन्छन, ‘दशैँसम्म सबै विमान सञ्चालन गर्छौँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 11:55:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका ४ विमान ग्राउन्डेड भएका छन् । निगमका ३ वटा ट्विनअटर र एउटा न्यारो बडी विमान ग्राउन्डेड भएको हो । भदौ ८ गतेबाट व्यावसायिक उडान थालेको कलसाइन ‘९एन–एएलजेड’ वाइडबडी ‘ए३३०–२००’ सिरिजको विमान शुक्रबारबाट ग्राउन्डेड भएको थियो । कार्गो राख्ने ढोका कुच्चिएर ग्राउन्डेड भएको उक्त विमान भने शनिबार बिहानै मर्मत गरेर नियमित उडान भर्न थालेको छ । 

ग्राउन्डेड भएका आन्तरिक उडान भर्दै आएका तीनवटा ट्विनअटर विमान मर्मत गर्न अझै केही समय लाग्ने निगमले जनाएको छ । छोटो धावनमार्ग भएका विमानस्थलमा पनि उडान भर्नेे ट्विनअटर विमानमध्ये ‘९एन–एबिएक्स’ कलसाइनको विमान ४ वर्षअघिदेखि नै ग्राउन्डेड भएका हुन् । तर मर्मतको काम भने भखैरै सुरु भएको छ । 

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार कलसाइन ‘९एन–एबियु’ र ‘९एन–एबिटी’ भने दुई महिनाअघिबाट गाउन्डेड भएका हुन् । ‘अहिले हामीले तीनवटै विमानको मर्मत थालेका छौं,’ कंसाकारले भने, ‘पहिला बिग्रेको विमान बनाउन ५ महिना लाग्ने अनुमान छ । हालै बिग्रिएका दुई विमान भने तीन हप्ताभित्र बन्ने अनुमान छ ।’ बिग्रेका विमान दशैँसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको निगमले जनाएको छ ।  

बाह्य उडान भर्ने न्यारो बडीको ३२०–२०० विमान पनि एक महिनादेखि ग्राउन्डेड छ । मलेसियाबाट नेपाल उडान गरेको निगमको कलसाइन ‘९एन–एकेडब्लु’ विमानको पखेटामा चरा ठोकिएपछि ग्राउन्डेड भएको हो । यसको पनि मर्मत भईरहेको छ । ‘ग्राउन्डेड रहेको न्यारो बडी आईतबार (आज) सम्म बन्ने अनुमान छ,’ उनले भने, ‘शुक्रबार ग्राउन्डेड भएको वाइडबडी शनिबार नै मर्मत गरिसकेका छौँ ।’

मनसुन विस्तारै सर्किको र पर्यटकीय सिजन पनि सुरु भएकाले ट्विनअटर विमान पनि सक्दो चाँडो बनाउने निगमको दाबी छ । ट्विनअटर विमानमार्फत निगमले निजी वायुसेवा कम्पनीले उडान नगर्ने दुर्गम क्षेत्रका गन्तव्यमा उडान गर्दै आएको थियो । 

काठमाडौं, नेपालगन्ज र विराटनगर विमानस्थललाई केन्द्र बनाएर हिमाली र पहाडी भेगका सोलु, भोजपुर, रुकुम, जुम्ला, ताप्लेजुङ, डोल्पा, जोमसोम, बागलुङ लगायत १८ गन्तव्यमा ट्विनअटरमार्फत उडान गर्छ । तर, ती विमान थन्किएसँगै हिमाली तथा पहाडी भेगमा उडान हुन सकेको छैन । निगमसँग ट्विनअटरबाहेक चारवटा वाई–१२ र दुईवटा एमए–१६ विमान छन् । यी विमानले आन्तरिक उडान भरिरहेका छन् । अन्तर्रा्ष्ट्रिय उडानका लागि चारवटा एअरबस र एउटा बोइङ विमान छ । मर्मतको क्रममा रहेको न्यारो बडी विमान सञ्चालनमा आएपछि निगमका बाह्य उडान भर्ने सबै बिमान चालु रहनेछन् । 

यस अघि :

निगमको लापरबाहीमा किन केही बोल्दैनन् मन्त्री अधिकारी ? 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved