फास्ट ट्र्याकमा छैन कोरोनाको असर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 03:37:20 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा कोरोना भाइरसको कुनै प्रभाव नपरेको नेपाली सेनाले जनाएको छ। सेनाको व्यवस्थापनमा चार बर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजना अनुरूप सम्पूर्ण काम अघि बढिरहेको र कोरोना भाइरसको कुनै असर नपरेको सेनाले बताएको हो । 

उक्त आयोजनामा हालसम्म कुनै पनि चिनियाँ ठेकेदार र कामदार संलग्न नभएका कारण कोरोनाको असर नपरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ७२.६ किलोमिटर लम्बाइको उक्त राजमार्गको निर्माणले नेपालको आर्थिक विकासमा कायापलट ल्याउने विश्वास गरिएको छ । 

काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो दूरीको उक्त द्रुतमार्गको लागत एक खर्ब ७५ अर्ब रुपयाँ रहने अनुमान गरिएको छ । ललितपुरको खोकनाबाट शुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जेडिने उक्त द्रुतमार्गको ट्र्याक पनि नेपाली सेनाले नै खनेको थियो । उक्त राजमार्ग चार लेनको हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved