किन गर्यो एभरेष्ट बैंकले निक्षेपको ब्याजदरमा समायोजन ?  

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 17, 2017 | 07:34:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले निक्षेपको ब्याजदरमा समायोजन गरेको छ। वर्तमान अवस्थामा रहेको तरलताको परिस्थितिलाई मध्यनजर गरी अनुकुल वातावरण सिर्जनाका लागि राष्ट्र बैंकको निर्देशन अनुसार निक्षेपको ब्याजदरमा समायोजन गरिएको बैंकले जनाएको छ। 

पहिलो चरणमा बैंकले अधिकतम ब्याजदर भएको मुद्दती खातामा शुन्य दशमलब ५० प्रतिशतले घटाएको छ। त्यस्तै बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम कल खाताहरुको ब्याजदर पनि क्रमश घटाउदै लगेको जनाएको छ। ब्याजदर घटाउँदा व्यवसायी, उद्योगीहरुले उचित ब्याजदरमा कर्जा पाउँने बैंकको बिश्वास रहेको छ।     

बैंकले हाल ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved