आगामी बर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित, जेठ १५ मा नै पूर्ण बजेट आउने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 10:51:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी बर्षको नीति तथा कार्यक्रम पारित भएको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी बर्षको नीति तथा कार्यक्रम पारित गरेको हो। 

सरकारले ठुला र राष्ट्रिय महत्त्वका योजनालाई प्राथमिकतामा राखेको कानुनमन्त्री अजयशंकर नायकले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषदको बैठकले पारित गरेको आगामी बर्षको नीति तथा कार्यक्रम आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जानकारी गराइने छ। नीति तथा कार्यक्रम संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने चलन छ। 

सरकारले नयाँ कार्यक्रम नराखी जेठ १५ गते नै बजेट ल्याउने निर्णय गरेको छ । सरकारका कामकारबाही र विकास निर्माणको काम नरोकिने गरी पूर्ण बजेट ल्याउने निर्णय गरिएको हो। 

बजेट प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्त्वको सरकारले ल्याउने या नयाँ बन्ने सरकारले ल्याउने भन्ने बारे स्पष्ट खुलाइएको छैन। यद्दपी भोलि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने र राजीनामा पनि बताइएको छ। त्यसपछि कामचलाउ सरकार बन्ने र नयाँ सरकारको लागि राष्ट्रपति भण्डारीले १ साताको समय दिने छिन। 

जेठ ८ गतेको सनासादको बैठकबाट प्रधानमन्त्री दाहालले राजीनामा दिएको अवस्था र त्यसको ७ दिनभित्र नयाँ सरकार बन्ने सम्भावना कम रहेकाले काम चलाउ सरकारले नै पूर्ण बजेट ल्याउने निश्चित पर्याय रहेको जानकार बताउछन्।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved