इसेवालाई राष्ट्र बैंकको लाइसेन्स, मोबाइलबाट भुक्तानीसँगै अब रेमिट्यान्स सेवा पनि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 20, 2017 | 09:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले स्वदेशभित्र अनलाइन मनी ट्रान्सफर गर्न पाउने गरि नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे.प्रा.लिलाई भुक्तानी सेवा प्रदायकको लाइसेन्स दिएको छ। राष्ट्र बैकले आज मंगलबार ईसेवालाई पेमेन्ट गेटवेको लाइसेन्स प्रदान गरेको हो। 

ईसेवाले लाइसेन्स प्राप्त गरेसंगै अब अनलाईन मार्फत नै एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउन मिल्ने भएको छ। यससंगै नेपाल भित्र एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन मनि ट्रान्सफरका शाखा खोज्दै हिड्नुपर्ने बाध्यता हटेको छ।    

राष्ट्र बैंकले इसेवालाई भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ को १९ ले दिएको अधिकार प्रयोग गरी शर्त तथा निर्देशनको अधिनमा रही दुरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट सेवा सञ्चालन गर्न भुक्तानी तथा फछर्यौट अनुमति नीति २०७३ बमोजिम लाइसेन्स् प्रदान गरेको हो।

राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त भएपछि इसेवाका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले अबदेखि अझ व्यवस्थित र जिम्मेवार तरिकाले इसेवालाई तीब्र रूपमा विकास गर्ने जानकारी दिए। क्यासलेस कारोबार बनाउने राष्ट्रबैंकको नीतिलाई सफल बनाउने गरी इसेवाको पहुँच बढाउने उनले बताए।

विगत सात वर्षदेखि सञ्चालनमा रहेको इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। ईसेवा मार्फत मोबाईल तथा इन्टरनेटबाट भुक्तानी गर्न सकिने मुलुकभर २५ हजार बढी ‘जोन पोइन्ट’ छन्।

राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेसँगै मुलुकभित्र रेमिट्यान्स् कारोबारसमेत सुरू गर्ने तयारी गरेको कार्यकारी अधिकृत अलीको भनाई छ। इसेवाको मोबाईल एप्स् डाउनलोड गरी इसेवा चलाउनेको संख्या डेढ लाख छ भने वेबसाइट मार्फत् चलाउनेको संख्या ८ लाख रहेको कम्पनीले जानकारी दिएको छ।

यसैगरी जोन पोइन्टमार्फत् अप्रत्यक्ष रूपमा इसेवा प्रयोग गर्नेको संख्या ५० लाख नाघेको अलीले जानकारी दिए। इसेवा मार्फत् मोवाइल रिचार्ज, टपअप, बिजुली, खानेपानीको बिल भुक्तानी, एयरलाइन्स, बस टिकट, मुभी टिकट खरिद जस्ता सय भन्दा बढि सुविधा लिन सकिने उनले  जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved