महेश न्यौपाने    Mar 27, 2020 | 01:06:48 PM


गाउँकै विद्यालयमा कक्षा ५ सम्म पढेका रोल्पा सुनिल स्मृती गाउँपालिका ८ अरेशका पावेल विक काठलाई कुदेर भाँडा वनाउने पेशामा लागे  । आफ्ना  दौंतरी विदेशका मरुभूमीमा पसिना वगाई रहदाँ पावेल भने वावुवाजेको विडो थाम्दै काठको भाँडा वनाउने पेशमा आफ्नै गाउँमा रमाईरहेका छन् ।

पावेलसंगै काठ  कुदेर भाँडा वनाउने पेशामा अन्य  ४  जना युवा पनि संलग्न छन । रोल्पा सुनिल स्मृती गाउँपालिकाको धनमुडा र लुंग्री गाउँपालिका १ पाङको  आलिवाङमा २ ठाँउ पानीवाट चल्ने मेसिन जडान गरेर पुख्र्यौैली पेशा र   प्रविधिलाई निरन्तरता  दिईरहेका छन् उनीहरुले । पछिल्लो प्रविधिले परम्परागत  पेशा व्यवसायलाई लोपोन्मुख अवस्थामा पु¥याई रहेको वेला  पावेलको समूहले भने  यसै पेशालाई आधुनिकरण गर्ने सोंचमा निरन्तर खटिरहेको छ ।

वावुवाजेले  काठको ठेका, हर्पे मात्रै  वनाउनु हुन्थ्यो, हामी  भने वजारको  मागलाई  मध्यनजर गर्दै ठेका वाहेक गिलास, गमला,प्लेट,थाली,कचौरा तथा अन्य सजावटको सामान पनि तयार गरिरहेका छाँै पावेलले भने ।  काम  गर्नको लागि नयाँ प्रविधि तथा सीप छैन् वावुवाजेले प्रयोग गरेको प्रविधि प्रयोग गरेर काम गर्न वाध्य छौ  पावेलले भने । सामान उत्पादन गर्ने  तालिमको अवसर पनि  छैन्, चित्र हेर्दै आफै नक्सा कोरेर सामान तयार गर्छाँै  पावेलले भने ।

पछिल्लो  समय पेशा संकटमा पर्दैजान थालेको  उनीहरुको गुनासो छ । काठलाई कुदेर बनाईने ठेकी लगायत दही, दुध, घिउ, नौनी  राख्नेभाडा बनाउने उक्त पेशा संकटमा परेको हो । गाउँमै  सानोतिनो आमदानी पनि हुने र पुख्यौली  विडो पनिथामिने भन्दै यो पेशा यहाँका युवालेयो  पेशा अगालेको  अर्का  व्यवसायी केशर विकले वताए । पेशामा आएको संकटसंगै जीविको चलाउन निकै गाह्रो भएको छ विकले  भने । आधुनिक प्रविधिलाई प्रयोगमा  नल्याउदा सम्म काम गर्न  पनि असजिलो र ढिलाई भएको उनीहरुको भनाई छ । 

अरेशका यी युवाहरुले विगत १०  वर्ष  देखी यो पेशालाई निरन्तरता  दिईरहेका छन । यही पेशाबाट उनीहरुले घर खर्च टार्दै आएका छन् । केही वर्ष अघि सम्म यो पेशा अलाग्नेहरुको संख्या धेरै भए पनि अहिले  धेरैले पेशा परिवर्तन  गरिसकेका छन् ।  पेशा परिवर्तन गरेका मध्ये अधिकांश वैदेशिक रोजगारीमा गएका छन्  । 

काठको भाँडामा दही, दूध, घिउ राख्न र दहि मथ्नका लागि अव्वल मानिन्छ । गिठा,गुराँस जस्ता काठवाट  यस्ता  सामान वन्ने भएकाले  पहाडमा यी  काठहरु प्रशस्त पाईने भएकाले भाडा बनाउने  कच्चा  पदार्थको समस्या छैन् । पहिले   पहिले  गाउँ  नजिक काठ  पाईन्थे जसले काम गर्न सहज थियो   अहिले  अलि   टाढावाट  ढुवानी  गर्न पर्ने भएकाले केही असहजता  भए  पनिकच्चा  पदार्थनै नपाईने समस्या भने छैन पावेलले  भने ।

एक माना अट्ने भाँडाको मूल्य ७ सय रुपैया तोकिएको छ । शहरमा  पाईने प्लाष्टिक  र माटाका भाडाले समेत  काठको  भाँडालाई विस्थापित गरेका कारण काठको भाडा प्रयोगकर्ताको संख्या घट्दै जान  थालेको हो । पहिले बजार तिर दुध, दही, घिउ राख्ने भाडा नपाईने भएकाले यसको माग पनि वढी थियो  । अहिले भने वजारमा आएका प्लाष्टिक र  माटाको भाडाले   काठको  भाडाहरु पहिले जस्तो विक्री हुदैनन केशरले भने ।

काठको भाँडाले रोल्पाको पहिचान समेत वनाएको छ । पछिल्लो पटक आफुहरुले वनाएको  सजावटका भाडा न्यूजिल्याण्ड सम्म  पुगेको पावेलको भनाई छ । देशका विभिन्न ठाउँ सम्म हामीले  तयार गरेका भाडा पुगेका छन् पावेलले भने ।  छिमेकी जिल्ला प्यूठान, दाङ,वाग्लुङमा समेत विक्री हुदै आएको छ  । 

प्रचार प्रसार नभएकाले व्यवसाय फस्टाउने नसकेको बुझाई छ विकको । आधुनिक प्रविधि भए काम गर्न सजिलो र छिटो हुन्थ्यो पावेलले भने । स्थानीय  सरकारले व्यवसाय प्रवद्र्धन गरि रोजगारीका अवसर सिर्जना गर्न सहयोग गर्न तत्परता देखाउनु पर्छ पावेलले भने । विगतमा रोल्पाको पाङ, गुम्चाल,सिर्प, अरेश लगायतका स्थानमा यो पेशा  गरिएको भए पनि पछिल्ला दिनमा आएको  पेशा माथिको संकटले अरेशका केही युवाहरुमा मात्रै  खुम्चन पुगेको छ ।

Share your thoughts!

महेश न्यौपाने