पोखरा र भैरहवामा रेनो एक्सचेन्ज क्याम्प, यस्ता छन् अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 06:11:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रेनो ब्राण्डका गाडीको आधिकारिक वितरक, एडभान्स अटोमोबाईलले ‘‘पुरानो छोडौँ नयाँ गुडाऔँ’’ भन्ने नाराका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ ।

मे ६ देखि ९ मेसम्म पोखरा र ८ मे देखि ११ मेसम्म भैरहवामा आयोजना हुने अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्ने जनाईएको छ ।

एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्षसम्मका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको जनाएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा पनि आकर्षक उपहार जित्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved