टिभिएसको जुनसुकै बाइक एक्सचेन्ज गर्न सकिने, यस्ता छन् तिन अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 05:27:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस “एक्सचेञ्ज जात्रा” संचालन गरेको छ । यस योजना अन्तर्गत ग्राहकले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्ने कम्पनीले जनाएको छ।

जस अनुसार ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकलको न्यूनतम ग्यारेन्टी मुल्य २५ हजार प्राप्त गर्ने, एक स्क्र्याच कुपनबाट कम्तीमा १० हजार देखि ढीमा १ लाखसम्मको पक्का नगद छुट प्राप्त गर्ने र शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्न सक्ने छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved