यामाहा एमटी १५ नेपाल भित्रिदै, यस्ता छन् विशेषताहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 02:51:30 PM मा प्रकाशित

laxmi  sunrise bank

यामाहाको नयाँ बाइक एमटी १५ चाडैनै नेपाली बजारमा सार्वजनिक हुने भएको छ । नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज असारसम्ममा बाइक सार्बजनिक गर्ने जनाएको हो ।   एमटी १५ केहि समय अगाडि भारतमा सार्वजनिक गरिएको थियो ।

एमटी १५ मा रहेको लिक्विड कुल्ड सिंगल सिलिण्डर १५५ सिसिको इन्जिनले १९ विएचपि पावर तथा १५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसबाहेक बाइकमा डुअल डिस्क ब्रेक, ६ स्पीडको गियर बक्स, टेलिस्कोपिक फर्क तथा स्विंगग्राम सस्पेन्सन, सिंगल च्यानल एबिएस, ट्युबलेस अलोय व्हिल, डिजिटल स्पिडोमिटर, एफ आइ इग्निसन सिस्टम, १५५ एमएम ग्राउण्ड क्लियरेन्स, ११ लि फ्युल ट्यांक क्षमता लगाएतका विशेषता रहेको छ । 

नेपाल ल्याउँदा बाइकको मुल्य कर जोड्दा ४ लाख ३० हजार बराबर पर्न जाने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved