एक्सचेन्ज मेला गर्दै जगदम्बा मोटर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2019 | 09:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला “टिभिएस सुपर सिजन फाइनान्स फेयर” को आयोजना गर्ने भएको छ । टिभिएसको लागि आधिकारिक बिक्रेता मोटर्सले गर्न लागेको फेयर नेपालमै पहिलो पटक आयोजन हुन गैरहेको बिषेश किसिमको मेला हो। 

मेला असार ४ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डप काठमाडौंमा संचालन हुनेछ । मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर पनि प्राप्त गर्न सक्नेछन् । जस अनुसार ग्राहकहरुले ७.९९ प्रतिशत ब्याजको फाइनान्स सुविधाका साथ २० प्रतिशत डाउनपेमेन्टमा विश्वस्तरीय टिभिएस टु ह्वीलर आफ्नो बनाउन सक्नेछन् । यसका साथै ग्राहकहरुलाई आकर्षक मासिक किस्ता रु पाँँच हजार पाँचसय बाट सुरु हुनेछ। यसका अलवा ग्राहकहरुले हरेक एक्स्चेञ्जमा रु तिस हजार सम्मको बोनस पनि प्राप्त गर्ने मोटर्सले जनाएको छ ।

साथै मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र स्क्य्राच कार्डमार्फत् सात हजार देखि एक लाख सम्म पक्का पक्की नगद पुरस्कार जित्ने मौका पनि रहेका छन् । यसका अतिरिक्त मेलामा टिभिएस बाइक खरीद गर्ने ग्राहकहरुले टिभिएसका सामानहरु हेलमेट, बाइक कभर र रेनकोट सित्तैंमा प्राप्त गर्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved