थपिए साझाका २० बस, यस्ता छन् नयाँ बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2019 | 02:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमइ ग्रुपको आएएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्डले वातावरणमैत्री युरो ४ मापदण्डका २० वटा LYNX स्मार्ट सहरी बस साझा यातायातलाई हस्तान्तरण  गरेको छ । स्मार्ट बसमा आधुनिक टेक्नोलोजिद्धारा डिजाइन र प्रमाणित गरिएको अद्वितीय विशेषताहरु रहेका छन् जसले यात्रुलाई अतिरिक्त सुरक्षा प्रदान गर्छ।    

स्मार्ट बसको इन्जिनमा एक समकालीन ४ सिलिण्डर CRS डीजल जुन EGR टेक्नोलोजीसंग टर्बो चार्ज गरिएको इन्टरकुलर पाईन्छ । जसले १३० एचपी तथा २४०० आरपीएम अधिकतम पावर दिन्छ । यसको अलवा गाडिमा ९०० मिमी फ्लोर उचाइ, सेमी इलिप्टिकल मल्टिलिफ साथै शक अब्जर्बर ९अगाडी र पछि०, ११५ लिटर ईन्धन टैंक क्षमता रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved