बुटवलमा महिन्द्राको शोरुम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2019 | 05:50:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्सको आधिकारिक विक्रेता अग्नि इनर्जीले बुटबलमा महिन्द्रा इलेक्ट्रिक भेहिकल्स नयाँ शोरुम खोलेको छ । यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्सको पहिलो शोरुम हो । 

शोरुमको प्रदेश ५ का सांसद सीतादेवी बाउडेल, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले उद्घाटन गरे । शोरुमले महिन्द्राका विद्युतीय कारहरू महिन्द्रा इटूओ, महिन्द्रा इभेर्रिटो आदिका सर्भिसिङ र स्पेयरपार्टस्हरू पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved