नाडामा नेतृत्वको दावेदारीबाट किन पछि हटे कपुरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 15, 2019 | 02:18:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटो मोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण प्रसाद दुलाल सर्वसम्मत चुनिएका छन् । अध्यक्षका प्रत्याशी एवम् हालका उपाध्यक्ष नै रहेका प्रकाश कपुरीले उम्मेदवारी फिर्ता लिएपछि दुलाल सर्वसम्मत अध्यक्ष बनेका हुन् । 

उपाध्यक्षसहितका अन्य पदाधिकारीको भने पौष ४ गते टुंगो लाग्नेछ । पौष ४ गते हुने नाडाको साधारणसभाले १४ जना कार्यकारी सदस्य र चार जना संस्थागत सदस्य चुन्नेछ । 

कपुरीले किन फीर्ता लिए उम्मेद्वारी ?

प्रकाश कपुरी हाल नाडाको उपाध्यक्षको भूमिकामा रहेका छन् । उनले यसअघि अन्तिम समयसम्म अध्यक्षका लागि दौडधूप गरेका थिए । तर आज मंसिर २९ गते मनोनयन दर्ताको दिन कपुरीले उम्मेद्वारी फीर्ता लिए र नाडामा सर्वसम्मत नेतृत्व चयन गर्नमा महत्वपूर्ण भूमीका खेले ।

यवा व्यवसायी कपुरी आफू पदको लोभले संगठनमा सक्रिय नभएका कारण उम्मेद्वारी फीर्ता लिएको प्रतिक्रिया दिन्छन् । उनले पदभन्दा भिजन ठूलो भएको र आफ्नो सुझाव कार्यान्वयन गर्ने सर्तमा आफू अध्यक्षको दाबेदारीबाट यसवर्ष ‘ब्याक’ हटेको बताएका छन् । नाडामा सर्वसम्मत अध्यक्ष चुनिएको केही मिनेटमै विजपाटी डटकमसँगको कुराकानीमा उनले अग्रज व्यवसायी, पूर्वअध्यक्षहरु र शुभचिन्तकको आग्रहमा आफूले कृष्ण प्रसाद दुलाललाई समर्थन गरेर पछि हटेको जानकारी दिए । ‘मैले पहिलेदेखि नै भन्दै आएको कुरा हो अग्रजको सुझाव र सल्लाह मानेर म संगठनलाई बलियो बनाउनेतर्फ लाग्नेछु र लागिरहेको छु’ उनले भने, ‘अग्रजको सुझाव मानेर नै म 'ब्याक' हटेको हुँ ।’ 

कपुरीले यसपटक आफू कार्यसमितिमा नरहने समेत खुलासा गरेका छन् । बाहिरबाट संगठनलाई सहयोग गर्ने बचन आफूले दिएको जानकारी दिँदै उनले कार्यसमिति भित्रै बस्नुपर्छ भन्ने मान्यता नरहेको बताए । आगामी कार्यकालको लागि तपाईँलाई सघाउने सर्तमा पछि हट्नु भएको त होईन भन्ने जिज्ञासामा उनले,‘त्यस्तो कुनै समझदारी बनेको छैन, मलाई पदको लोभ पनि छैन । बरु मैले बाहिर रहेरै सहयोग गर्छु भनेको छु’ भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved