हुण्डाईको नयाँ ईलेक्ट्रीक कार नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 24, 2020 | 06:55:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्यूण्डाईले आफ्नो नयाँ ईलेक्ट्रीक कार आईओएनआईक्यू २०२० सार्वजनिक गरेको छ । कम्पनीको नेपालको लागि आधिकारिक डिलर लक्ष्मी इन्टर कन्टिनेन्टल गाडी सार्वजनिक गरेको हो  ।

गाडीमा नवीनतम प्रविधि प्रयोग गरिएको र यसले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउने कम्पनीको भनाई छ । कम्पनीका अनुुसार आईओएनआईक्यमा ३८.३केडब्लूएच ईलेक्ट्रीक मोटरको साथ १०० केडब्लूको ब्याट्री पावर रहेको छ । त्यस्तै यसको अधिकतम स्पीड १६५ केपीएच रहेको छ । आईओएनआईक्यूको ड्राइभिङ्ग रेन्ज ३११ किमि रहेको र  पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडीमा रहेको प्याडल सिफ्ट गर्न मिल्ने सुविधाले रजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्रण प्रदान गर्छ । यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्नै कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved