‘विदेशी मुद्राको बचत गर्न विद्युतीय सवारीको भन्सार बढाईएको हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 01:49:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनको आयातमा भन्सार शुल्क बढाएको छ । इलेक्ट्रिक सवारीको प्रयोगमा प्रोत्साहन गर्नुको सट्टा भन्सार दर बढाएर हतोत्साहित बनाएको व्यवसायीको गुनासो आइरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडाले भने यसअघि एउटै दररेट रहेकोमा अहिले ६ वटामा वर्गीकरण गरिएको बताएका छन् । 

इन्धनबाट चल्ने सवारीको तुलनामा विद्युतीय सवारकिो भन्सार दर ५० प्रतिशत कम र अन्त शुल्क पनि कम रहेको अर्थमन्त्री खतिवडाको दाबी छ । ‘महँगा सवारी आयात गर्दा हाम्रो विदेशी मुद्रा खर्च हुन्छ’ उनले भने, ‘विदेशी मुद्राको अस्वभाविक प्रयोग रोक्न विलासीका साधनमा भन्सार दर केही बढाईएको हो ।’ 

सार्वजनिक सवारी साधनलाई विद्युतीय बनाउने सरकारको प्रतिवद्धता रहेका कारण विद्युतीय सवारीको प्रयोगलाई अझै प्रोत्साहन गरिने उनको भनाई छ । 

सरकारले नयाँ आर्थिक विधेयकअनुसार ५० किलोवाटसम्मका कारमा ८० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुक लगाउने भएको छ । मोटरको पिकपावर ५० देखि १०० किलोवाट ननाघेको कारमा ८० प्रतिशत भन्सार र ४० प्रतिशत अन्तःशुल्क लगाएको छ । 

१ सयदेखि १५० किलोवाटसम्मका कारमा भन्सार ८० प्रतिशत र ५० प्रतिशत अन्तःशुल्क लगाइएको छ । १५० देखि २ सयसम्ममा ८० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ। 

२ सयदेखि ३ सयसम्ममा ८० प्रतिशत भन्सार र ७० प्रतिशत अन्तःशुल्क लगाइएको छ । त्यसैगरी ३ सय भन्दा बढी किलोवाटका कारमा ८० प्रतिशत भन्सार र ८० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था गरिएको छ । यस्ता सवारीमा लाग्ने भन्सार महसुलमा भने सरकारले ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved