स्याङयोङ्गको गाडी किन्दा ३ लाख छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2020 | 11:01:02 PM मा प्रकाशित

laxmi  sunrise bank

स्याङयोङ्गको गाडी किन्दा छुट पाइने भएको छ । नेपालका लागि स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” अफर ल्याएको ल्याएको छ। 

अफर अन्तर्गत ग्राहकले सो कम्पनीका कोरीयन लक्जरी एसयूभी र एक्सएलभी किन्दा ३ लाख रुपैयाँसम्म छुट पाउने छन् । यस्तै, ग्राहकले आफ्ना पुराना सवारी टीभोलि अथवा एक्सएलभीसँग एक्सचेन्ज गर्दा २ लाख रुपैयाँ एक्सचेन्ज बोनस् पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले महामारीका बेला अग्रप पकंतिमा रहेका डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीलाई थप १ लाख डिस्काउन्ट दिइने जनाएको छ । यस्तै, आइएमएस मोटर्स, स्याङयोङ्गले एक वर्ष निःशुल्कबीमा, २५ हजार बराबरको निःशुल्क एसेसोरीजको पनि ब्यवस्था गरेको छ । यसका साथै सात बर्ष सजिलो फाईनान्स र तीन वर्ष वारेन्टिको पनि सुविधा रहेको जनाइएको छ । 

कम्पनीका अनुसार डिस्काउन्ट अफर २०७७ असोज ७ गतेदेखि असोज२० गतेसम्म मात्र रहेको छ । स्याङयोङ्ग कोरियाको चौथौ ठूलो गाडीहरु उत्पादगर्ने कम्पनीहो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved