टोयोटाको कोरोला क्रस गाडी नेपालमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:52:13 PM मा प्रकाशित

laxmi  sunrise bank

टोयोटा कोरोला क्रस एसयुभिको नेपालमा बिक्री वितरण सुरु भएको छ । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटले बिक्री वितरण प्रारम्भ गरेको छ । 

वर्तमान अवस्थालाई मध्यनजर राखेर भर्चुअल प्रविधिबाट कम्पनीले बिक्री प्रारम्भ गरेको हो । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसब्क, इन्स्टाग्राम पेजमा शुक्तबार मध्यान्ह १२ बजे उक्त समारोहको प्रत्यक्ष प्रसारण भएको थियो । 

टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो । यो४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ । 

कारमा न्यून ५.२ मिटरको मोडाउन मिल्ने व्यास छ । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदानगर्नको लागि कोरोला क्रस एसयुभिनवीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ 

हाल नेपालमा कोरोला क्रस एसयुभि २ किसिमको उपलब्ध रहेको कम्पनीले जनाएको छ । जस अनुसार इन्ट्रि मोडलको बजार मुल्य १ करोड १२ लाख र हाइमोडलको १ करोड ३३ लाख रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved