विद्युतीय गाडीको अन्तशुल्क घटेपछि नाडाले भन्यो, ‘निर्णयको खुला हृदयले स्वागत गर्दछौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2020 | 10:52:50 AM मा प्रकाशित

laxmi  sunrise bank

गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाईल्स डिलर्स एशोसिएशनले विद्युतीय सवारी साधनको अन्तशुल्कमा छुट दिने सरकारी निर्णयको स्वागत गरेको छ । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले बजेटमार्फत बढेको विद्युतीय सवारीको अन्तशुल्क घटाउने निर्णयको स्वागत गरिएको बताएका छन् । 

बिहिबारको मन्त्रिपरिषद् बैठकले विद्युतीय सवारी साधनको अन्तःशुल्क घटाउने निर्णय गरेको थियो । चालु आर्थिक वर्षको बजेटले विद्युतीय गाडीको मूल्यको ३० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क लगाउने निर्णय गरेको थियो । बजेटले ३० प्रतिशत अन्तःशुल्क लगाउने व्यवस्था गरेका ५० किलोवाटसम्मका विद्युतीय सवारीले अब ८० प्रतिशत अन्तःशुल्क छुट पाउने छन् ।

बजेटपछि मूल्यको ४० प्रतिशत अन्तःशुल्क लगाइँदै आईएको ५१ देखि १०० किलोवाट क्षमताका सवारीसाधनले ७५ प्रतिशत छुट पाउने छन् । बजेटले मूल्यको ५० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको १०१ देखि १५० किलोवाटसम्मका विद्युतीय सवारीले अब  ७० प्रतिशत अन्तःशुल्क छुट पाउने छन् ।१५१ किलोवाटभन्दा बढी क्षमताका सवारी साधनमा बजेटले ६० देखि ८० प्रतिशत अन्तःशुल्कमा लगाएकोमा अब २५ प्रतिशत छुट हुने भएको छ । 

यो निर्णय आएपछि नाडाका अध्यक्ष दुलालले लेखेका छन्, ‘धन्यवाद सरकार, विद्युतीय गाडीको अन्तःशुल्क दर अन्ततः सरकारले घटाएको छ । नाडा यो सरकारको कार्यलाई खुला ह्रृदयले स्वागत गर्दछ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved