१ रुपैयाँ मै होन्डा होण्डाको बाईक र स्कुटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 06, 2020 | 11:15:58 AM मा प्रकाशित

laxmi  sunrise bank

होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँ डाउन पेमेन्टमा खरिद गर्न पाइने भएको छ । नेपालका लागि होण्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले दशैलाई  लक्षित गरी ल्याएको “हर एक नेपालीलाई १ रुपैयाँमा होण्डो” योजना अन्तर्गत एक रुपैयाँ डाउनपेमेन्टमा नै बाइक वा स्कुटर खरिद गर्न पाइने भएको हो । 

कम्पनीले विषम परिस्थितिलाई मध्यनजर गर्दै उत्सवको अवसरमा खुसी साटासाट गर्ने उद्देश्यले यो योजनालाई बजारमा ल्याएको जनाएको छ । योजना असोज ११ गते मंगलबारबाट लागु भएको हो । योजना अनुसार होण्डाको कुनै पनि बाइक वा स्कुटर मात्र १ रुपैयाँको डाउनपेमेन्ट वा १ रुपैयाँको इएमआईमा १ प्रतिशतको ब्याजदरमा खरिद गर्न सकिने छ । 

यस्तै, खरिदकर्ताहरुले होण्डा मोटरसाइकल वा स्कुटरको खरिदमा स्क्र्याच कुपन मार्फत १ लाखसम्मको नगद छुट, ७ वर्षसम्मका लागि फ्रि बोनस सर्भिसिङ्गका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट पाउने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved