क्लासिक लिजेन्ड्सको जावा मोटरसाइकल नेपाल प्रवेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2020 | 10:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank
क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ। अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठबाट जावा मोटरसाइकलको उद्घाटन भएको हो

नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । 

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य रु ६,४८,५०० रुपैयाँ  तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य रु ६,७६,५०० तोकिएको छ। 

जावा–फोर्टीटु सिंगल च्यानल  एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमसः  रु ६,२०,००० र रु ६,४८,००० रहेको छ । नेपालमा जावा ब्ल्याक, मरुन र ग्रे गरि तीन रंगका भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।  

यसैगरी ब्ल्याक, मरुन र ग ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु गरि जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछन। जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र  टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने कम्पनीको योजना रहेको छ ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved