दिगो ग्रुपले साझा यातायात परिसरमा ११ वटा विद्युतीय चार्जर जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले संचालनमा ल्याएको छ।
साझा यातायातले हाल खरिद गरेको विद्युतीय गाडीको निर्माता सी.एच.टी.सी.ले साझालाई बधाई दिदै बैकल्पिक उर्जप्रती लिएको यस कदमलाई प्रोत्साहन गरेर चिठ्ठी सार्वजनिक गरेका छन् । सी.एच.टी.सी. ले सो चिठ्ठीमा नेपालको सार्वजनिक यातायातमा यस पाईलाले ठुलो परिवर्तन ल्याउने व्यक्त गरेका छन् । संगसंगै यस परियोजना सफलतापूर्ण सम्पन्न गरेकोमा सी.एच.टी.सी.ले आफ्नो अधिकारिक वितरक दिगो ग्रुपलाई बधाई ब्यक्त गरेको छ ।
चार्जरको उद्घाटन समारोहमा उपस्थित दिगो ग्रुपका अध्यक्ष्य राजन रायमाझीले साझा यातायातले सफा उर्जा प्रति लिएको कदमले आफु खुशी भएको बताए । उनले भने, "देशको उन्नति र प्रगतिका लागि बिधुतिय गाडी र जलविद्युत बरदान हुन् । सार्वजनिक यातायातले ठुलो मात्रामा डिजेलको खपत गर्छन जसका कारणले प्रदूषणपनि धेरै गर्दछन । यसलाई रोक्नलाई सबै निकायले साझा यातायातले वैकल्पिक उर्जा प्रति लिएको यस ठुलो कदमबाट प्रेरणा लिनुपर्छ।"
साझा यातायातले संचालन गर्ने सी.एच.टी.सी. ब्रान्डका विद्युतीय गाडी कम्पनीको नेपालकोलागि अधिकारिक वितरक दिगो ग्रुप हो।