कहाँ पुग्यो सडकमै विमान ओराल्ने ‘मेरो सरकार’को योजना ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2020 | 12:36:00 PM मा प्रकाशित

laxmi  sunrise bank

गत बैशाखमा सरकारले ल्याएको चालु आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा एउटा महत्वकांक्षी योजना प्रस्तुत भएको थियो । गत वर्षको बैशाख २० गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय राजमार्गको उपयुक्त खण्डलाई आपतकालीन धावनमार्ग बनाउने बताएकी थिइन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममा नै आपतकालीन अवस्थामा विमान ल्याण्ड गर्न राजमार्गमा नै धावनमार्ग बनाईने विषय आएपछि नौलो कुरा आएको भन्दै उड्डयन क्षेत्र आश्चर्यमा परेको थियो । 

उक्त कार्यक्रम नेपालका लागि नौलो त छँदै थियो, त्यसमा पनि नेपालको भौगोलिक अवस्थाले सरकारको यो कार्यक्रम सफल हुनेमा उतिबेलै शंका उत्पन्न नभएको होईन । सरकारको नीति तथा कार्यक्रममा ‘हाइ–वे’मै विमान अवतरण गराउन मिल्ने गरी सडक स्तरोन्नति गराउने भनिएपछि नागरिक उड्डयन क्षेत्रका विज्ञहरु नै अलमल्लमा परेका थिए ।

कहाँ पुग्यो योजना ?

सरकार आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा जुटेको छ । संसदको बजेट अधिवेशन पनि सुरु भईसकेको छ । तर विगतका कतिपय महत्वकांक्षी योजना सुनेका तर कार्यान्वयनमा सिन्को पनि भाँचेको नदेखेका सर्वसाधारणहरुले यसवर्ष पनि विगतकै अपरिपक्वता देख्ने लगभग निश्चित छ ।

किनभने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि नागरिक उड्डयन क्षेत्रमा पुनः महत्वकांक्षी योजना संकेत गरिसकेको छ । तर चालु वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएको ‘आपतकालिन अवस्थामा हवाई जहाज ल्याण्ड गर्न सकिने गरी राजमार्गहरुको चौडा गरिने’ भन्ने विषयमा वर्षदिन वितिसक्दा पनि एउटा छलफलसमेत भएन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्तासमेत रहेका उप–महानिर्देशक राजकुमार क्षेत्री नागरिक उड्डयन प्राधिकरणमा यसबारे छलफल नभएको बताउँछन् । 

‘यो विषयमा एभिएसन कार्यालयमा छलफल भएको जस्तो लाग्दैन’ उनले भने, ‘छलफल भएको भए केही न केही कुरा आउँथ्यो होला, तर अहिलेसम्म केही भएकै छैन ।’ 

गत बैशाखमा नीति तथा कार्यक्रम आउनासाथ प्राविधिक विषयमा अन्तराष्ट्रिय अभ्यासको अध्ययन गर्ने भनिएपनि त्यो पनि भएको छैन । प्राधिकरणका अधिकारी ‘त्यो प्रस्ताव मात्रै थियो, वर्षदिनमै सकिने काम पनि होइन’ भन्छन् । 

‘सडकलाई चौडा बनाउने भनिएको थियो, जहाज अवतरणकै लागि विमानस्थलको हाईवेको सट्टा सडक बनाउने भनिएको थिएन’ प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्छन्, ‘ठूला जहाज ल्याण्ड गर्ने होईन, आपतकालिन अवस्था आइहालेमा साना जहाज अवतरण गर्न मिल्ने सडक बनाउने भनेर प्रस्ताव मात्रै गरिएको हो । बजेटमा पनि त्यो विषय नभएका कारण अहिले त्यसमा काम भएन ।’ 

भारतको नक्कल

सिङ्गापुर, उत्तर कोरिया, ताइवान, स्विडेन, फिनल्यान्ड, बुल्गेरिया, स्विजरल्यान्ड, पोल्यान्ड र छिमेकी देश भारत, श्रीलङ्का र पाकिस्तानमा पनि सडकमै विमान ल्याण्ड गर्न मिल्ने प्रविधिको सफल परीक्षण भईसकेको छ । 

सन् २०१५ मा भारतले उत्तर प्रदेशको यमुना एक्सप्रेस–वेमा यसको सफल परीक्षण गरेपछि २०१६ मा भारतका यातायात मन्त्री नीतिन गड्करीले यो प्रविधिलाई व्यावसायिक रुपैमै विस्तार गर्ने बताएका थिए । विज्ञहरुले भने भारतकै नक्कल गरेर सरकारले अनावश्यक र निकै खर्चिलो हुने कार्यक्रम ल्याएको भन्दै गतवर्षको नीति कार्यक्रम आउना साथ आलोचना गरेका थिए ।

याद रहोस्, गत वर्ष राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेकी थिइन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved