नेपाल वायुसेवा निगमको ९एन–एकेएक्स् जहाज आवश्यक मर्मत पश्चात् इजरायलबाट दुबई हुँदै मिति बैशाख १५ गते राती ९ः५६ बजे काठमाडौँ आइपुगेको छ । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायलस्थित मेन्टेनेन्श एण्ड रि–पेयर अर्गनाइजेशनमा मर्मत गरिएको नेपाल एयरलाइन्सले जनाएको छ ।
मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच गर्दा अन्य प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएकाले गर्दा मर्मतमा ढिलाई भएको निगमको भनाइ छ । अन्य प्राविधिक समस्यासमेत देखिएपछि मेन्टेनेन्श एण्ड रि–पेयर अर्गनाइजेशन तथा निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सोसँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको निगमले स्वीकार गरेको छ ।
अहिले जहाज उडान योग्य भएको निगमको भनाइ छ ।